ललितपुर अदालत भित्रै महिला कर्मचारीसँग यौन सम्बन्ध राखेको भिडियो सिसिटिभीमा कैद

साउन १८ । भरतपुर काण्डको फैसला सुनाएर चर्चा र विवादमा रहेको न्यायलय फेरि अर्को एउटा यौनकाण्डका कारण चर्चामा आउने भएपछि त्यसलाई गुपचुप पारिएको छ । न्याय दिने निकाय न्यायलयमित्रै अस्थायी, करार र अविवाहित महिला कर्मचारीमाथि डरलाग्दो यौन शोषण हुँदो रहेछ भन्ने कुराको बलियो प्रमाण हो यो ।

एउटा काररामा रहेको कर्मचारीको निम्ति काठमाडौंको बसोबासलाई आर्थिक रुपले धान्न कति गाह्रो हुन्छ सबैलाई थाहै छ । यही विवशताको लाभ लिँदै खुशी पार्नु पर्ने हाकिमले तिनीहरुको यौन शोषण गर्ने गरेका छन् । तर, कुरा त्यसबेला बाहिर आयो जब उनीहरुले कार्यलयमा अगाडि नै फिट गरिएको सिसिटिभीलाई हेक्का नराखी आफ्नो यौन लिलालाई पूर्णता दिए ।

यस्ता प्रविधि मासिनको सहयोगी बनाउन जडान गरिएका भए पनि यो पटक भने घाँडो बन्यो र सबै पोल छताछुल्ल भयो । प्रशंग केही अघि मात्र न्यायाधीशलाई दिनुपर्छ भनी ३ लाख रुपैयाँ बुझ्दै गरेको मुद्दा फाँटका नायब सुब्बा श्याम अर्याल रंगेहात पक्राउ परेको जिल्ला ललितपुरको हो ।

यो घटना भएको छ महिला पनि भएको छैन । त्यो बेला प्रधानन्यायाधीश सुशीला कार्कीले हाम्रो क्षेत्रको कुरा हो, हामी नै कारबाही गर्छौं भन्दै उनलाई त अख्तियारको पञ्जाबाट छुटाइन तर अहिले उजुरी दर्ता फाँटमा तैनाथ भगवानको नाम गरेको सुब्बाले भण्डार कोठामा राति सवा सात बजे त्यहीँ करारमा कार्यरत अविवाहित युवतीसँग म्याद जारी गर्ने कोठामा राखेको यौन सम्बन्धको भिडियो सिसिटिभीमा देखिएको हो ।

अदालतप्रति आस्था घटछ भनेर यस्ता घटनालाई गुपचुप राख्ने न्यायमूर्तिहरुको दिमागमा यसरी अपराध लुकाउँदा विकृति बढ्छ भन्ने कुराको चेत कहिले खुल्ने होला ?

– अाजकाे जनआस्था साप्ताहिकमा खबर छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।