देवी ज्ञवालीले भने,- मलाई फसाउन नसकेपछि गृहमन्त्रीको आदेशमा मेरो छोरा पक्राउ गरियो

काठमाडौँ, १८ साउन । चुनावलाई प्रभावित पार्ने गरी आफ्नो छोरालाई पक्राउ गरिएको भन्दै भरतपुर महानगरपालिकाका एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले आपत्ति जनाएका छन् ।

चुनावमा हार्ने अबस्था आएपछि मतदातालाई भड्काउने नियतले आफ्नो छोरा निरब ज्ञवालीलाई काठमाडौँमा पक्राउ गरिएको ज्ञवालीको भनाइ छ । निरब देवीका कान्छो छोरा हुन् । पेशाले वकिल रहेका निरबलाई दुई महिना अघि नै साम्य भइसकेको विषयलाई लिएर प्रहरीले बुधबार पक्राउ गरेको हो ।

माओवादीकी मेयरकी उम्मेदवार रेणु दाहालको उजुरीको आधारमा निरबलाई प्रहरीले काठमाडौँमा पक्राउ गरेपछि ज्ञवालीले दैनिक नेपालसँग भने ‘माओवादीबाट गृहमन्त्री बनेका जनार्दन शर्माको ठाडो आदेशमा मेरो छोरालाई काठमाडौँमा पक्राउ गरिएको हो । यथाशिघ्र रिहा गरियोस् । म यसको घोर निन्दा गर्छु । ‘

आफूलाई फसाउन नसकेपछि छोरालाई फसाइएको ज्ञवालीको दाबी छ । ‘सरकार उहाँहरुकै, गृहमन्त्री उहाँकै । मलाई पनि अनेक षडयन्त्र गरेर फसाउन खोजियो । अहिले छोरालाई फसाउन खोज्दैछन् । मेरो छोरालाई साइबर कानुन लगाउनुपर्ने कुनै अपराध गरेको छैन् ।’- ज्ञवालीले दैनिक नेपालसँग भने ।

खास घटना के हो ?

भरतपुर महानगरपालिकामा मतपत्र त्याएपछि त्यसको दोष रेणुले एमालेलाई लगाएकी थिइन् । फेसबुकमा स्टाटस लेख्दै रेणुले एमालेले मतपत्र च्यातेको भन्दै एमाले कार्यकर्तामाथि कारबाही गरिनुपर्ने भनेकी थिइन् । जबकी मतपत्र च्यातेको अभियोगमा त्यतिबेला माओवादी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । रेणुको स्टाटस देखेपछि देवीका कान्छो छोरा निरबले पनि फेसबुकबाटै जबाफ फर्काएका थिए ।

‘माओवादीले मतपत्र च्यातेको घामझैं छर्लंग हुँदाहुँदै पनि देवीजीले एमालेलाई आरोप लगाएपछि मेरो कान्छो छोराले नकचरोपन भन्दै जबाफ फर्काएछन् । कुरालाई बंग्गाएर एमालेलाई मतपत्र च्यातेको आरोप लगाएपछि निरभले यस्तो झुटो कुरा गर्ने र सडकमा नांगै हिँडने मान्छेको बीचमा कुनै फरक हुँदैन भन्ने आशयले उनले फेसबुकमा लेखेका रहेछन् । जुन कुरा मैले धेरै पछि मात्रै थाहा पाएँ । मैले तत्काल निरबलाई तिमीले लेखेको कुरा ठीक भए पनि शब्द चयन अलि ठीक भएन भन्दै सच्याउन लगाएँ । उनले फेसबुकमा लेखेको स्टाटस नै हटाए । अनि मेरो कारणले कोही कसैको चित्त दुखे माफी चाहन्छु भनी क्षमायाचना पनि गरे । यो दुई महिना अघिको कुरा हो ।’, देवीले घटनाविवरण सुनाउँदै भने- ‘त्यसपछि निरभलाई ज्यानै मार्नेसम्मका धम्की आए । हामीले त्यसलाई सहेरै बस्यौँ । मलाई पनि यो बीचमा फसाउन अनेक कोसिस गरिए ।’

देवीले भने – ‘मेरो परिवारलाई दुःख दिने अनि मतदातालाई भ्रम फैलाउने उद्देश्यले मेरो कान्छा छोरालाई पक्राउ गरिएको हो ।’

महानगरीय अपराध महाशाखा काठमाडौँले रेणुका विषयमा लेखेको स्टाटसकै आधारमा बुधबार दिउँसो निरबलाई काठमाडौँबाट पक्राउ गरेको हो । प्रहरीले निरभलाई साइबर अपराध अन्तरगत मुद्दा चलाउने बताएको छ ।

चुनावको मुखमा छोरा पक्राउ गरिनुलाई देवीले आफूमाथिको अर्को षडयन्त्रको रुपमा लिएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।