भरतपुर १९ मा मात्र हैन, पुरै भरतपुरमा फेरी निर्वाचन गरेपनि जित्ने एमालेले नै हो : ओली

काठमाण्डौ, १९ साउन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भरतपुर महानगरपालिकामा जसरी पनि एमाले विजयी हुने दाबी गर्नुभएको छ । ‘मतपत्र च्यात्नु हुँदैनथ्यो, मतपत्र च्यातिएपछि अवाञ्चित गतिविधिलाई प्रोत्साहित गर्ने गरी यत्रो समय लगाएर सर्वोच्चले निर्णय गर्न जरुरी नै थिएन,’ उहाँले पहिलो न्युजसँग भन्नुभयो, ‘नेकपा (एमाले) ले त जितिहाल्छ त्यसमा केही भएन । तर, निर्वाचनमा सबैखाले अनुचित हर्कतहरु प्रयोग गर्ने प्रयास हुनेछ ।’

उहाँले मतपत्र च्यात्नेले अरु के बाँकी राख्लान र ? भन्दै त्यसको खवरदारी आवश्यक भएको बताउनुभयो । ‘त्यहाँ निर्वाचन अधिकृतले तत्काल बोलेका कुरा दीर्घकालिन संकेत हुन् । अहिले हामी जनु तरिकाले पुनः निर्वाचनमा पुगका छौँ । यो त मतदान अधिकृतको त्यतिबेलाको भाषाले नै त्यो कुरा बोलेको थियो,’ उहाँले भन्नुभयो, ‘त्यो एकदमै योजनाबद्ध ढंगले भएको छ भन्ने कुरा घाँम जस्तै छर्लङ छ ।’

उहाँले फेरि पनि भरतपुरमा एमालेले अग्रता कायम गर्ने विश्वास व्यक्त गर्दै भन्नुभयो– ‘फेरि पनि मतपत्र च्यात्ने हर्कत हुनेछ । वडा नम्बर–१९ को पुनः मतदानबाट पनि पुनः एमालेले जित्ने निश्चित भयो भने माओवादीले पूरै महानगरपालिका भरी पुनः निर्वाचन गर्नुपर्छ भनेर जिद्धी पनि गर्न सक्छ ।’

उहाँले वर्तमान गठबन्धन सरकारले आफ्नो स्वेच्छाचारीता लाद्ने प्रयास गरिरहेको भन्दै न्याय भन्ने शब्दकै धज्जी उडाएको आरोप लगाउनुभयो । ‘मतपत्र च्यात्ने माओवादी ‘ढिलै भए पनि न्याय पायौँ’ भन्छ । कस्तो निलज्जता अभिव्यक्ति ? के–हो न्याय भनेको ? न्याय भन्ने शब्दको पनि हुर्मत लिने काम भयो ।’

उहाँले सम्मानित सर्वोच्च अदालतले गरेको फैसला मानेर एमाले निर्वाचनमा सहभागी हुने पनि जानकारी दिनुभयो । भोलि २० गते भरतपुर महानगरपालिकाको वडा नम्बर–१९ को निर्वाचनमा एमालेका तर्फबाट देवी ज्ञवाली र कांग्रेस–माओवादीका तर्फबाट प्रचण्डपुत्री देवी ज्ञवाली मेयरको उम्मेदवारका रुपमा प्रस्तुत हुनभएको छ ।

उहाँले यही असोज–मा हुने प्रदेश नम्बर–२ को निर्वाचन एमाले प्रमुख पार्टी बन्ने पनि दाबी गर्नुभयो । स्रोत: पहिलोन्युज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।