चितवनस्थित भरतपुरमा मतदाता तानातान, प्रचण्डका भाईदेखि केन्द्रीय नेतासम्म खटिए, मतदाता बोक्दै सरकारी गाडी, २२ भन्दा बढी गाडी परिचालन

भरतपुर, २० साउन । चितवनस्थित भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा सरकारी गाडीको प्रयोग गरेर मतदाता बोक्ने काम भएको छ ।

वडा नम्बर १९ मा आज भइरहेको पुनः मतदानमा कांग्रेस–माओवादी गठबन्धनले नियम विपरित सरकारी नम्बर प्लेटका सवारी प्रयोग गरी मतदाता ओसारपसार गरेका हुन् ।

नगरप्रमुख र उप प्रमुखको लागि एक एकवटा सवारी चलाउन पाइने व्यवस्था भएपछि सत्तापक्षले सो नियम उल्लंघन गरी जनताको घरघरमा पुगेर मतदातालाई ओसार्ने काम गरिरहेको स्रोतले बतायो ।

सो वडाका विभिन्न ठाउँबाट मतदाता ओसारपसार गर्न २२ भन्दा बढी सरकारी नम्बर प्लेटका सवारी साधन प्रयोग गरिएका छन् । कतिपय सवारीको व्यक्तिको नाममा पास बनाइएको छ भने कतिपय संस्थाको नाममा पास बनाएर नियम विपरित मतदाता ओसारपसार गरिरहेका छन् ।

यसरी निमय विपरित सवारी पास लिएर मतदाता ओसार्नेमा माओवादी केन्द्रका नेता एवम् पूर्व सभासद नारायण दाहालदेखि केन्द्रीयस्तरका नेतासम्म रहेको स्रोतले जानकारी दिएको छ । नारायण दाहाल प्रचण्डका भाई हुन् । ओसारपोसारको जिम्मेवारी भरतपुर कारागारमा मारिएका डन कि श्रीमती बिनु रायमाझी, रेणु दाहालका पति अनिल पाठक, गोल्डकोस्ट काण्डमा फसेका गिरेन्द्र घिमिरेले लिएका छन् ।

कुनैपनि हालतमा गठबन्धनको उम्मेदवारलाई जिताउनै पर्ने भन्दै चितवन पुगेका नेता कार्यकर्ताहरु अहिले मतदाता ओसार पसार गर्न लागिपरेका छन् । मतदान केन्द्र वरपर सुरक्षा अवस्था बाक्लो बनाइएपनि मतदाता ओसार पसार भइरहेको गतिविधिलाई प्रहरीले समेत नियन्त्रणका लागि चासो नदेखाएको एमाले नेता कार्यकर्ताको गुनासो छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖