सिंगो राज्यसत्ता नै आफूविरुद्ध खन्निएको देवी ज्ञवालीको आरोप, भने- रेणुले प्रहरी सुरक्षामै पैसा बाँडिन्
चितवन । भरतपुर महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार देवी ज्ञवालीले सिंगो राज्यसत्ता नै आफूविरुद्ध खन्निएको आरोप लगाउनु भएको छ ।

ज्ञवालीले आफूलाई हराउन अरबौं रुपैयाँ राज्यकोषबाट खर्च गरिएको पनि दावी गर्नुभयो । भरतपुर वडा नम्बर १९ को मतदानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले गएराति १ बजे आफ्ना प्रतिद्वन्द्वी रेणु दाहालले प्रहरीको सुरक्षामै रकम बाँडेको भन्दै आपत्ति जनाउनु भयो ।
ज्ञवालीले मतदाताले मतपत्र च्यात्नेलाई मतदानबाटै दण्डित गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आममतदाताले मतपत्र च्यातेर जनताको मन च्यातेको पनि टिप्पणी गर्नुभयो ।


