रेणु दाहालका श्रीमान भन्छन्, – लागेको ऋण तिरिन्छ, मज्जाले जितिन्छ

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१९ को पुनः मतदान जारी रहँदा प्रमुख पदका दाबेदार एमालेका देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहाल दुवैले आफू जित्ने दाबी गरेका छन् ।

प्रचण्ड गर्मीका बीच बिहान ७ बजेबाट सुरु भएको हो । ज्ञवाली र दाहाल दुवै मत खसालेपछि विभन्न मतदान केन्द्रमा पुगेर मतदातासँग भोट मागिरेहका छन् । वडाका ६ वटा मतदान केन्द्रमा मतदान जारी छ । यद्धपि मतदाताको संख्या भने निक्कै न्यून छ ।

रेणुका पति अर्जुन पाठकले जित सुनिश्चित रहेको दाबी गरे । ‘अनेक खालका गलत प्रचार भए पनि अत्याधिक मत हाम्रो पक्षमा खसेको छ’, रेणुसँगै निर्वाचनमा खटिएका पाठकले भने, ‘हामी मज्जैले जित्छौं ।’ उनले १९ नम्बर वडाबाट ‘देवीको ऋण तिरेर’ केही मतले अग्रता लिने बताए ।

‘यति नै भोट आउला भन्ने अनुमान गर्न त सकिंदैन’, उनले भने, ‘तर अहिलेसम्मको ऋण तिरेर केही मतले अगाडि भइन्छ ।’ २९ वडा रहेको भरतपुर महानगरका १९ र २० नम्बर बाहेकको मतगणना सकिँदा देवी रेणुभन्दा ७ सय ८४ मतले अगाडि छन् । पाठकले वडा नम्बर २० मा पनि देवीको भन्दा रेणुको मत ३ सयले बढी रहेको दाबी गरे ।

– यो समाचार हामीले अनलाईन पानाबाट साभार गरेका हौं ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।