भारतसंग सीमा जोडिएको नाकामा तस्करी रोक्न पहिलो पटक सीसी क्यामेरा

वीरगन्ज, साउन २० । वीरगन्जको इनर्वा नाकापछि सबै भन्दा बढी तस्करीको कारोबार हुँदै आएको भारतसंग सीमा जोडिएको पर्साको ग्रामीण भिस्वा नाकामा तस्करी रोक्नकै लागि प्रहरीले सीसी क्यामेरा जडान गरेको छ।

छिपहरमाई गाउँपालिकाको भिस्वामा दशगजा नजिकैको नाका, प्रहरी चौकी भिस्वा अगाडि र भिस्वा बजारमा गरी तीन स्थानमा गत बुधबारदेखि सीसी क्यामेरा जडान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए।

छिपहरमाई गाउँपालिका कार्यालयको आर्थिक सहयोग र जिल्ला प्रहरी कार्यालय पर्साको पहलमा भिस्वा नाकामा तीन वटा क्यामेरा जडान गरिएको जोशीले बताए। छिपहरमाई गाउँपालिका कार्यालयले एक लाख ५० हजार रुपैयाँको लगानीमा क्यामेरा जडान गरिएको हो । आजको अन्नपूर्ण पोष्टमा खबर छ – सीमा क्षेत्रका गतिविधिका दृश्य अवलोकनका लागि प्रहरी कार्यालय भिस्वामा कम्युटर जडान गरिएको छ।

पर्साको ग्रामीण भेगको छोटी भन्सारको रुपमा रहेको भिस्वा नाकाबाट मालसामानको चोरी निकासी बढेको र त्यसमा स्थानीय प्रहरीको पनि मिलोमतो रहेको गुनासो आएपछि सीसी क्यामेरा जडान गरिएको उनले बताए।

सीमा क्षेत्रमा हुने अपराधिक क्रियाकलाप, सवारी सधान र व्याक्तिको अनुगमन गर्न पनि सीसी क्यामेरा जडान गरिएको पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए।

अहिले पहिलो चरणमा भिस्वा नाकामा क्यामेरा जडान गरेका छौं’, उनले भने ,‘अन्य नाकामा पनि जडान गर्ने सोच छ, स्रोत साधन जुटाएर अरु नाकामा पनि निकट भविष्यमै जडान गर्छौ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।