रेणुका २०० मतदाता कसरी भए गायब ?

भरतपुर, २० साउन । चितवनको भरतपुर महानगरपालिका–१९ मा अघिल्लो निर्वाचनको तुलनामा कम मत खसेको छ । भरतपुर–१९ मा सर्वोच्चको आदेशपछि शुक्रबार पुनः मतदान भएको हो ।

भरतपुर महानगरको प्रमुखमा एमालेका देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहाल प्रतिस्धर्पामा छन् । रेणुलाई सत्तारुढ काँग्रेसले समेत समर्थन गरेको छ ।

दुवै पक्षले आफ्नो जित सुनिश्चित रहेको दाबी गरिरहेका बेला मत भने अघिल्लो निर्वाचनको चुलनामा कम खसेको हो । यसअघि ३१ वैशाखमा भएको निर्वाचनमा उक्त वडामा २ हजार ८ ९७ मत खसेको थियो ।

चितवनका पत्रकार सुरेशचन्द्र अधिकारीले अघिल्लो निर्वाचनको चुलनामा यसपटक २ सय मत कम खसेको बताए । यद्यपि निर्वाचन अधिकृतको कार्यालयले कति मत खसेको भन्नेबारे बताइसकेको छैन । भरतपुर–१९ मा ६ वटा मतदान केन्द्रमा शुक्रबार मतदान भएको थियो ।

शुक्रबार भएको वढडा नम्बर–१९ र २० नम्बर वडाको मतगणना बाँकी हुँदा ज्ञवाली दाहालभन्दा ७ सय ३३ मतले अगाडि छन् । कम मत खस्दा देवीलाई भन्दा रेणुलाई बढी घाटा छ ।

कारण, उक्त वडा काँग्रेस मतदाताको संख्या अधिक भएको क्षेत्र हो । एमाले नेता कृष्णभक्त पोखरेल नै उक्त वडामा ७० प्रतिशतभन्दा बढी मतदाता काँग्रेस समर्थक रहेको स्वीकार गर्छन् ।

मतको अनुपातलाई आधार मान्ने हो भने दुई सय मत नखस्दा देवीको भन्दा रेणुकै मत कम खसेको हुन आउँछ । एमालेले भने आफ्ना मतदातालाई घरघरमै गएर गाडी, मोटरसाइकल र साइकलमा पनि ओसारेको थियो ।

माओवादी र काँग्रेसले भने आफ्ना मतदातालाई मतदान स्थलमा ल्याउन एमाले जसरी सक्रियता नदेखाएको अधिकारीले बताए ।

यद्यपि आफूहरुले जित्ने दाबी माओवादीले गरेको छ । निर्वाचनमा खटिएका माओवादी निकट विद्यार्थी संगठनका केन्द्रीय उपाध्यक्ष आरसी अधिकारीले रेणु ३ सयभन्दा बढी मतले विजयी हुने दाबी गरे । एमालेले पनि आफूले जित्ने दाबी गरेको छ ।

भरतपुर–१९ मा तीन हजार ७ सय ९७ मतदाता छन् । यसैबीच निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलबीच सहमति गरी आजैबाट मतगणना सुरु गर्ने बताएको छ । – डेलिगल्फ फ्याक्ट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।