​प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको चुनाव अघिनै नयाँ सरकार बनाउने गरी राजनीतिक खेल सुरु, को बन्दैछ प्रधानमन्त्री ?

काठमाडौं । असोज २ गते प्रदेश नम्बर दुईमा हुने तेस्रो चरणको स्थानीय निर्वाचन अगावै नयाँ सरकार बनाउने गरी राजनीतिक खेल सुरु भएको छ ।

उच्च स्रोतका अनुसार कांग्रेसलाई पाखा लगाएर भदौ महिनाभित्र प्रमुख प्रतिपक्षी नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपालको संयुक्त गठबन्धन बन्न लागेको हो ।

यसमा तीनै दलका शीर्ष नेता पछिल्लो केही समययता सक्रिय भएका छन् । संयुक्त गठबन्धनबाट माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने प्रबल सम्भावना छ । यद्यपी एमाले उपाध्यक्ष वामदेव गौतमको नाम पनि चर्चामा छ

तीन दलको गठबन्धन निर्माणमा भारत पनि सकारात्मक रहेको स्रोतले बतायो । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बनेर संविधान संशोधन गराउन नसक्नु र भारतले चाहेको अनुरुप काम नगरेको र कुनै पनि परियोजनाको सम्झौता पनि गर्न नमानेपछि रुष्ट रहेको नयाँ दिल्लीले पनि नयाँ सरकार निर्माणमा भने सकारात्मक देखिएको स्रोतको दाबी छ ।

यता, कांग्रेस माओवादी गठबन्धनबाट धोका खाएको राष्ट्रिय जनता पार्टीले एमालेले मात्रै संविधान संशोधन गर्नसक्छ भन्ने निष्कर्ष निकाल्दै एमालेसँग नजिकिन प्रयत्न गरिरहेको छ । तेस्रो चरणको चुनाव सम्पन्न हुनुअघि सरकार बनाएर संविधान संशोधन गराउने रणनीतिमा रहेको राजपाले काँग्रेसले धोखा दिएको भन्दै पदाधिकारी बैठकमा पनि काँग्रेसको चर्को आलोचना भएको गरेको स्रोतले जनाएको छ ।

त्यस्तै, एमाले पनि राजपासँग सम्बन्ध सुधार्न चाहेको कुरा भर्खरै मात्र एमाले सविच योगेश भट्टराईले जनकपुरमा भनेका थिए । सम्बन्ध सुधारका लागि दुई दलका युवा नेताबीच गोकर्ण रिसोर्टमा वार्ता पनि पनि भइसकेको छ । यसरी एमाले र राजपा नजिकिरहेका छन् । त्यसका अलावा एमालेको समर्थनमा बन्ने प्रचण्ड नेतृत्वको सरकारलाई राजपाले समर्थन गर्ने मनस्थिती बनाइसकेको छ । यसमा भारतीय राजदूतले पनि भुमिका खेलिरहेका छन ।

यता पछिल्लो समय ‘हामी सरकारमा जादैछौ, सरकार बनाउछौं’ भनेर एमालेका शीर्ष नेताहरुको अभिब्यक्ति पनि आउन थालेको छ । यो भनेको आफूले नेतृत्व नलिने तर गठबन्धन बनाएर प्रचण्डलाई समर्थन गर्ने नै भन्ने बुझिन्छ ।

त्यस्तै, आफ्नो चाहनाअनुसार काम नगरेको भन्दै देउवा सरकारसंग रुष्ट भएको भारतले पनि एमालेको समर्थन वा नेतृत्वमा नै सरकार बनाउन तयारी थालेको छ । निम्तो दिने बहानामा केपी ओली निवास पुगेका भारतीय राजदूत मञ्भिजसिंह पुरीले ओलीसंग सरकार बनाउने विषयमा छलफल गरेका थिए । जसमा ओलीले देउवालाई असक्षम प्रधानमन्त्री हो, विश्वास नगर्नुस भनेर बताएका थिए ।

यसरी पछिल्लो नयाँ गठबन्धन निर्माणका लागि ओली लगायत एमालेका शीर्ष नेताहरु र भारतीय पक्षबीच चरणबद्ध रुपमा वार्ता र सम्वाद गरिरहेको स्रोतको दाबी छ । र, देउवाले छिट्टै कुर्सी छाड्ने अवस्था आउँदैछ । – नेपाल पानाबाट साभार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।