पार्टी फुटे लगत्तै हतार हतारमा कमल थापाले यो के गरे ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी विभाजनमा सक्रिय रहेको भन्दै छ जना सांसद र १६ जना केन्द्रीय सदस्यहरूलाई कारबाही गरेको छ ।

काठमाडौंको धुम्रबाराहीस्थित पार्टी मुख्यालयमा अध्यक्ष कमल थापाको नेतृत्वमा बसेको राप्रपाको आकस्मिक बैठकले छ जना सांसदहरूलाई साधारण सदस्य समेत नरहे गरी कारबाही पार्टीबाट निष्काशन गरेको हो । नेपालपानामा खबर छ – निष्काशनमा पर्ने सांसदहरूमा दीपक बोहरा, सुनीलबहादुर थापा, रेशमबहादुर लामा, बिराजबहादुर बिष्ट, राज्यलक्ष्मी श्रेष्ठ र बबिना मोक्तान लावती रहेका छन् ।

त्यसैगरी, साधारण सदस्य समेत नरहने गरी कारबाहीमा पर्नेहरूमा केन्द्रीय सदस्यहरू प्रवीण चाम्लिङ, बिन्दा गिरी, हरिबहादुर बस्नेत, रामकृष्ण भट्टराई, पदमबहादुर बस्नेत, नवराज सुवेदी, बिष्णुविक्रम थापा, गिरिधार परियार, दीपककुमार राई, विन्दु पहाडी, किरण गिरी, प्रदीप उदय रहेका छन् ।

राप्रपाले पशुपति शम्शेरको पक्षमा लागेर गएका बाँकी केन्द्रीय सदस्य र सांसदहरूलाई गल्ती सुधार गरेर पार्टीमा फिर्ता हुन आग्रह गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।