राप्रपा फुटे पछि यस्तो आयो रेखा थापा र कोमल वलीको प्रतिक्रिया… : शोभा शाही भन्छिन,- जबर्जस्ती कागज गराए
हाम्रो सुन्दर संसार थियो..हुरी आइ उडाइदियो हाम्रो पार्टी दुई किनार भयो : कोमल वली
काठमाडौँ, राप्रपा केन्द्रीय सदस्य तथा नायिका रेखा थापाले कमल थापाकै पक्षमा रहेको बताएकि छन । थापा माओवादी छाडेर राप्रपा प्रवेश गरेको एक वर्षमात्र भयो । उनले आफू राप्रपामै रहेको प्रतिक्रिया दिएकी छन ।
यसैबीच पशुपति शमसेर राणा पक्षले ६६ जना केन्द्रीय सदस्यको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको भनिएकोमा त्यसमध्येकी एक शोभा शाहीले आफ्नो हस्ताक्षर दुरुपयोग भएको आरोप लगाएकी छन ।
शाहीले सोमवार विज्ञप्ति जारी गरी आफू कमल थापाले नेतृत्व गरेको राप्रपामै रहेको बताएकी छन । पशुपति शमसेरको घरमा बोलाएर आफूलाई जबर्जस्ती कागज गराएको उनको दावी छ ।

हाम्रो सुन्दर संसार थियो..हुरी आइ उडाइदियो हाम्रो पार्टी दुई किनार भयो : कोमल वली
गायिका कोमल ओलीले राप्रपा फुटेको १२ घण्टाका बीचमा दुई पटक फेसबुक स्टाटस् अपडेट गरिन् । पार्टी बिभाजनलाई उनले मुटु टुक्रा टुक्रा भएको पीडाका रुपमा लिएको उनका पोष्टबाट बुझ्न सकिन्छ ।
हाम्रो सुन्दर संसार थियो..हुरी आइ उडाइदियो
आज हाम्रो पार्टी दुई किनार भयो
उनले पार्टी बिभाजन लगत्तै आइतवार साँझ पहिलो पटक लेखिन् । त्यसको १२ घण्टापछि सोमवार कोमल ओलीको अर्को पोष्ट आयो ।
हाम्रो जहाज त्यहिँ डुब्यो जहाँ पानी कम थियो
आफ्नैले आफ्नालाई मारे आज अरुको के दम थियो
एउटा मुटु दुई टुक्रा भएको अवस्था
कोमल ओली राप्रपा केन्द्रीय सदस्य हुन् । पूर्णकालिन राजनीत गर्नकै लागि उनले रेडियो नेपालको जागिरबाट समेत राजिनामा दिइन् । तर केन्द्रीय सदस्य निर्वाचित भएको एक वर्ष नपुग्दै पार्टी बिभाजनले उनलाई पीडा दिएको छ ।
यद्यपी ओली बिभाजित राप्रपा अर्थात पशुपति शमसेर राणाको पक्षमा गएकी छ्रैनन् । पार्टी बिभाजनलाई दुर्भाग्यपूर्ण भन्दै ओलीले आफूले बिभाजनको पक्षमा हस्ताक्षर नगरेको बताइन् ।
त्यस्तै राप्रपा केन्द्रीय सदस्य तथा नायिका रेखा थापा पनि कमल थापाकै पक्षमा रहेकी छन् । थापा माओवादी छाडेर राप्रपा प्रवेश गरेको एक वर्षमात्र भयो । उनले आफू राप्रपामै रहेको प्रतिक्रिया दिएकी छन् ।
यसैबीच पशुपति शमसेर राणा पक्षले ६६ जना केन्द्रीय सदस्यको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको भनिएकोमा त्यसमध्येकी एक शोभा शाहीले आफ्नो हस्ताक्षर दुरुपयोग भएको आरोप लगाएकी छन् ।
शाहीले सोमवार विज्ञप्ति जारी गरी आफू कमल थापाले नेतृत्व गरेको राप्रपामै रहेको बताएकी छन् । पशुपति शमसेरको घरमा बोलाएर आफूलाई जबर्जस्ती कागज गराएको उनको दावी छ ।


