ईतिहास मै पहिलोपटक अब साउदीअरब र नेपाल सिधा हवाइ उडान सेवा सुरु हुने
पहिलो चरण अन्तर्गत साउदीअरबको दमाम शहरबाट उडान सुरु – आबश्यक परे दैनिक २ फ्लाइट हुने
नेपालीहरुको लागि बैदेशिक रोजगारको प्रमुख गन्तब्य रहेको साउदीअरबबाट नेपालको लागि ईतिहास मै पहिलो पटक सिधा उडान सेवा छिट्टै नै सुरु हुन गैरहेको छ । साउदीअरबमा रहेका नेपालीहरुलाई लक्षित गरी बिगत ४ बर्ष देखी साउदीअरबमा ट्राभल ब्यवसाय संचालन गर्दै आउनुभएका ब्यबसायी शरद कुमार शर्मा ज्यु र नेपालबाट संचालित हिमालय एयर लाइन्सको पहलमा साउदीअरबको सम्बन्धित निकायसँगको सहकार्यमा साउदीअरब – नेपाल सिधा हवाइ उडान सेवा सुरु हुन लागेको हो ।

लामो समय देखिको प्रयास, मेहनत र संघर्षका बाबजुत अन्तत केही दिन भित्रै उक्त सेवा सुरु हुने कुरा हिमालय एयरलाइन्सको तर्फबाट साउदीअरबको लागि अधिकारिक बिक्रेता अस्फर ट्राभलका (GSA – General Sales Agent) तथा नेपाली ट्राभल साउदीअरबका प्रबन्ध निर्देशक शरद कुमार शर्माले बताउनु भयो । १ / २ दिन भित्र मै उडान तालिका आइसक्ने र त्यसको केही दिन भित्रमा नै उडान सुरु हुनेछ ।
५ लाख भन्दा नेपाली कामदारहरु रहेको साउदीअरबमा यो एउटा निकै नै खुशीको कुरो हो र सधैं नेपाल जाँदा लामो लामो ट्रान्जिट र त्यहाँ बिभिन्न समस्याहरु भोगिरहेका नेपालिहरु लगायत अन्य नेपाल भ्रमणमा जाने पर्यटक, ब्यबसायीहरु सहज र सरल तरिकाबाट सिधा साउदी – नेपाल गर्न सकिने कुराले पक्कै पनि सबै जना खुशी नै रहेको कुरा पनि शर्माले बताउनुभयो ।
नेपालबाट संचालित हिमालय एयरलाइन्सको जहाज अहिले ३ वटा रहेको र ५ बर्ष भित्रमा १५ वटा पुर्याउने लक्ष रहेको कुरा हिमालय एयरलाइन्सका General Manager-Commercial राजु बहादुर केसीले बताउनुभयो । हाल दुबई, कतार, मलेसिया लगायत अन्य केही मुलुकहरुमा सेवा दिरहेको हिमालय एयरलाइन्सले भबिष्यमा युरोप, अमेरिका, कोरिया लगायत अन्य मुलुकहरुमा पनि उडान सेवा सुरु गर्ने कुरा केसीले बताउनु भयो ।
उहाँका अनुसार साउदीअरबको दम्माम शहरबाट अहिले दैनिक १ फ्लाइट हुने र उक्त जहाजमा १५० वटा एकोनोमी सिट र ८ वटा बिज्नेस क्लासका शिट रहनेछन तर यात्रुहरुको चाप बढेको खण्डमा र एउटा जहाजले धान्न नसकेको खण्डमा दैनिक २ वटा फ्लाइट पनि गर्न सकिनेछ । सुरुका दिनहरुमा साउदीअरबको दम्मामबाट फ्लाइट सुरु भए पनि छिट्टै नै साउदीअरबको रियाद र जेद्धा शहरबाट पनि हिमालय एयरलाइन्सले नेपालको लागि सिधा उडान सेवा सुरु गर्ने योजना रहेको पनि उहाँले जानकारी गराउनुभयो ।
हवाइ टिकेटको मुल्य के कस्तो होला भन्ने जिज्ञासामा साउदीअरबमा रहेका नेपालीहरुको हितमा नै सिधा उडान सेवा सुरु हुन लागेकोले टिकेट मुल्य लगायत अन्य सुबिधाहरु पनि नेपालीहरुको हितमा नै हुने पनि उहाँले बताउनुभयो ।
साउदीअरबका लागि हिमालय एयरलाइन्सको अधिकारिक बिक्रेता अस्फर ट्राभलका (GSA – General Sales Agent) तथा नेपाली ट्राभल साउदीअरबका प्रबन्ध निर्देशक शरद कुमार शर्माका अनुसार केही दिन भित्रमा नै कुन मिती देखी उडान सुरु हुने र कुन समयमा उडान सुरु हुने लगायत अन्य कुराहरु फाईनल हुने र ओपनिङ कार्यक्रम दम्माममा हुनेछ र त्यसका लागि नेपालदेखी हिमालय एयरलाइन्सका पदाधिकारीहरु पनि साउदीअरब आउने कुरा रहेको छ ।
अन्तमा उहाँले यो सिधा फ्लाइट सुरु गराउन पहल / कार्य गर्दै गर्दा प्रतक्ष अप्रतक्ष रुपमा सहयोग गर्नुहुने, शुभेक्षा प्रकट गर्नुहुने, हौसला प्रदान गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद ब्यक्त गर्दै आगामी दिनहरुमा पनि यसै गरी सबैको साथ र सहयोगको अपेक्षा रहेको कुरा पनि बताउनुभयो ।


