कम्युनिष्टलाई हराउन जोसंगपनि गठबन्धन गर्ने कम्युनिष्ट हुनसक्दैन : ओली

काठमाडौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टलाई हराउन र समाप्त पार्नेहरु वास्ताविक कम्युनिष्ट नभएको बताएका छन् । बिहीवार पार्टी मुख्यालयमा बिभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुलाई स्वागत गर्दै ओलीले यस्तो बताएका हुन्।

नेपालमा नामका बामपन्थि कामको दक्षिणपन्थि छन । कम्युनिष्ट आन्दोलनलाई पछि पार्न देशी बिदेशी को को सग मिलेर हुन्छ त्यो गर्ने कम्युनिष्ट हुदैन । कम्युनिष्टलाई को सग मिलेर हराउन सकिन्छ भनेर गठबन्धन गर्ने कम्युनिष्ट हुन सक्दैन।’ ओलीले भने ।

ओलीले नेपाली कांग्रेस तर्फ संकेत गर्दै देशका उद्योगहरुलाई धरासायी बनाएको आरोप लगाए। ‘०४६ साल पछि नीजिकरण उदारवादको हावा चल्यो। त्यो हावाले बाँंसबारी छाला जुता खायो। नीजि क्षेत्रका दुहाई दिएर कमिशनको खेलमा डुवाईयो। गैडाकोट कागज कारखाना समाप्त पारेर कति लाभ भन्न्ने महसु हुन दिईएन।’ ओलीले भने । एमालेसग बैचारिक तर्क नेपालका कुनै राजनीतिक पार्टीले गर्न नसक्ने ओलीले बताए। ।

‘कहिले जनजाति बिरोधी एमाले भन्ने अभियान चल्छ,एक डेढ बर्ष देखि एमाले मधेश विरोधी भनेर प्रचार गर्छन। ओलीले मधेशी जनतालाई दिल्ली बिहार जाउ भन्यो भनेर झठपुर्ण प्रचार गर्छन। नेपालका लागि काम गर्ने पार्टी नेपालको होइन भनेर सोच्छ र भन्छ होला र ? साम्प्रदायकिता फैलाउन अत्यन्त झुठ प्रचार गरिएको छ।’ओलीले भने
ओलीले भने ‘आजको जमनामा तराईमा साक्षरता प्रतिशत न्यून छ। जनतालाई साँंच्चो कुरा लान नदिएर भडकाउने काम भएको छ । मधेशी भनेर सबैलाई हालिदिया, कोटामा टाठाबाठा मात्र पर्छन। ’ ओलीले भने ।

ईलाम पहाडि जिल्ला हो, भोजपुर पनि त्यस्तै हो। हिडेर २ घण्टा विद्यालय जाँंदा पनि पूर्ण साक्षर छन् । तर तराईमा सगै जोडिएको मानिस निरक्षर छ। किन ’ ओलीले प्रश्न गरे। माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्ध नप्रति लक्षित गर्दै ओलीले ठुलो गोरुका पछाडी सानो बाछोको संज्ञा दिए। ‘ठुला दुईवटा साँंढे छन। पछाडिबाट एउटा सानो बाछो आएर अल्झाई दिन्छ। त्यसले गर्ने केही होइन।’ ओलीले भने । उनले अब हुने तेस्रो चरणको चुानवमा तराईको बिकासको लागि एमाले आउनु पर्ने बताए।

कार्यक्रममा माओवादी केन्द्र, नेपाली कांग्रेस लगाएत विभिन्न पार्टी परित्याग गरि साँढे दुई सय जना एमालेमा प्रवेस गरेका थिए । – नेपालपाटीबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।