ओलीको सोच अनुसार हावाबाट बिजुली निकालिएको एक नमुना परियोजना ओलीमार्फत नै सरकारलाई हस्तान्तरण

पोखरा हुँदै शनिवार ओली मुस्ताङ पुग्ने, ओलीमार्फत सरकारलाई जोमसोम वायु ऊर्जा परियोजना हस्तान्तरण हुँदै

काठमाडौं, २७ साउन । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको सोच अनुरुप हावाबाट बिजुली उत्पादन गरिरहेको एक नमुना परियोजना उहाँ मार्फत नै नेपाल सरकारलाई हस्तान्तरण गरिने भएको छ ।

स्पेनिश नागरिक भिनास पिच र नेपाली नागरिक पुष्कर तिमिल्सिनाको संयुक्त लगानी रहेको बुद्ध पावर लिमिटेडले जोमसोममा ३ किलोवाट बिद्युत उत्पादन गरिरहेको वायु ऊर्जा परियोजना शनिवार ओलीलाई हस्तान्तरण गर्दैछ । त्यसका लागि एमाले अध्यक्ष ओली शुक्रबार अपरान्ह पोखरा प्रस्थान गर्नुभएको छ । पोखराबाट शनिवार उहाँ मुस्ताङ जानुहुनेछ ।

प्रधानमन्त्री भएका बेला हावाबाट विद्युत उत्पादनको समेत सोच राखी त्यसलाई अघि बढाउनुभएका ओलीको त्यही सोचले मूर्तरुप पाएको हो । ‘उहाँकै प्रेरणाले हामीले यो सेम्पल उत्पादन गर्यौैं, त्यसैले उहाँमार्फत नै नेपाल सरकारलाई हस्तान्तरण गर्न लागेका हौं’ मुस्ताङबाट कम्पनीका निर्देशक तिमिल्सिनाले फोनमा चक्रपथ डटकमलाई भन्नुभयो, ‘अव नेपाल सरकारले अनुमति दिएमा हामी हावाबाट ४० मेगावाट बिजुली उत्पादन परियोजना अघि बढाउनेछौं ।’ कम्पनीका अध्यक्षमा स्पेनिश नागरिक पिच रहनुभएको छ ।

अहिले त्यहाँबाट उत्पालन भइरहेको उक्त बिजुली जिल्ला प्रहरी कार्यलय मुस्ताङले प्रयोग गर्दै आएको छ । शनिबारको हस्तान्तरण कार्यक्रम पनि जिल्ला प्रहरी परिसर कार्यलयभित्रै राखिएको छ । नेपाललाई लोडसेडिङबाट मुक्त गर्नका लागि ओलीले जलविद्युतीय ऊर्जासँगै हावा र सौर्यऊर्जा उत्पादनमा जोड दिनुभएको थियो । त्यसका लागि उहाँले लगानी बोर्डलाई संभाब्यता अध्ययनमा अघि बढ्न निर्देशन समेत दिनुभएको थियो ।

त्यसैगरी, उक्त कम्पनीले नेपालमै पहिलो आधुनिक मौसम विज्ञान स्टेशनसमेत ओलीमार्फत नै नेपाल सरकारलाई शनिबार नै हस्तान्तरण गर्दैछ । तिमिल्सिनाका अनुसार यो अत्याधुनिक स्टेशनमार्फत १०÷१० मिनेटको नेपालको मौसमको जानकारी प्राप्त गर्न सकिन्छ । ‘यो पनि हामीले अनुदान स्वरुप नेपाल सरकारलाई पूर्वप्रधानमन्त्री ओलीमार्फत नै हस्तान्तरण गर्दैछौं’ उहाँले भन्नुभयो ।

यो चालु परियोजना हस्तान्तरण अघि ओलीले चीनसँगको सीमा नाका कोरलापासको निरीक्षण भ्रमण गर्ने कार्यक्रम छ । उहाँले कोरलापास नाकाको भ्रमण गरेपछि लोमान्थाङ फर्कनुहुनेछ । त्यसपछि हस्तान्तरणका कार्यक्रम हुनेछन् । यसबाहेक बुद्ध पावर कम्पनीले मुस्ताङ उपत्याकाको ४८ पेज लामो विस्तृत अध्ययन रिपोर्ट पनि एमाले अध्यक्ष ओलीलाई बुझाउनेछ । चक्रपथबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।