विकाशमा राजनीति हुन नहुने भन्दै स्वराजले दिईन नेपाललाई सन्देश : ‘दुःख बाँडे आधा हुन्छ खुशी बाँडे दोब्बर’

विकाशमा राजनीति हुन नहुने भन्दै भारतिय विदेशमन्त्री सुष्मा स्वराजले भारतले लिएको ‘सवका साथ सवका विकाश’ नीति अन्तरगत नेपाल भारतबीच सम्बन्ध अघि बढ्नु पर्ने बताएकी छन । उनले ‘दुःख बाँडे आधा हुन्छ खुशी बाँडे दोब्बर’ भन्दै शुखदुख सबैमा नेपाल भारतबीच परस्पर सम्बन्ध रहनुपर्ने बताइन् ।

भारतको ७० औ स्वतन्त्रता दिवसको उपलक्षयमा काठमाडौं स्थित इण्डिया हाउसमा आयोजित कार्यक्रममा उनले नेपालमा विश्वासको राजनीति सुरु भएको भन्दै तारिफ पनि गरिन् । विगतमा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच विगतमा रहेको सम्बन्धलाई कोट्याउँदै उनले पछिल्लो समय दुईजनाको बीचमा देखिएको सम्बन्धले नेपालको राजनीतिक अवस्था विश्वासतिर गइरहेको पुष्टि भएको बताइन् ।

प्रधानमन्त्री सहित नेपाली राजनीतिक दलका प्रमुख हस्तीहरुका उपस्थिति रहेको कार्यक्रममा स्वराजले नेपाल र भारतको सम्बन्ध र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश समेत सुनाइन्। मन्त्रीस्तरीय बिमस्टेक बैठकमा भाग लिन विहिवार नेपाल आएकी स्वराजले राजनीतिक दलका नेताहरुलाई नेपालको राजनीतिमा विश्वासको वातावरण तयार भइरहेको बताइन् ।

उनले भनिन्, ‘हाम्रो पिएमले युद्धबाट बुद्धतिर, शस्त्रबाट शास्त्रतिर नेपाल गएको भन्नुभएको थियो, त्यसमा मैले आज यही जोड्न चाहन्छु कि नेपालको अविश्वासको राजनीतिक विश्वासतिर गइरहेको छ ।’ त्यसको उदाहरणमा उनले देउवा र प्रचण्डको नाम समेत लिइन् ।

उनले भनिन्, ‘जब देउवाजी र प्रचण्डजीको मिलन भयो, तब देशको सबभन्दा ठूलो पार्टी भएर पनि प्रचण्डजीको नेतृत्वमा सरकार निर्माण गर्न दिनुभयो, प्रचण्डजीले पनि स्थानीय तहको चुनाव गराएर विभिन्न, आरोह, अवरोहका बाबजुद पनि देउवालाई सरकार सुम्पि दिनुभयो, राजनीतिकमा यस्तो घटना बिरलै पाइन्छ ।

यो दुईको मिलनले नै देशको पार लगाउँछन् ।’
कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको अनुपस्थित थिए भने त्यसका आलावा एमाले तथा फोरम नेपालका अन्य नेताहरु सहित प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबाहेक विजयकुमार गच्छदार, राजपाका महन्थ ठाकुरलगायतका नेताहरुको उपस्थित थिए ।

नयाँ शक्तिबाट हिसिला यमीको पनि उपस्थिति थियो । पूर्व उपराष्ट्रपति परमानन्द झाको पनि उपस्थिति देखिएको थियो भने कुटनीतिक नियोगका प्रतिनिधिहरुको पनि उपस्थिति थियो । साथै वर्तमान मन्त्रीपरिषद्का सदस्यहरु, उपप्रधानमन्त्रीहरुको पनि उपस्थिति थियो । बिगतमा दुतावासको अन्य कार्यक्रमहरुमा देखिने अनुहारहरु किेहि कम थिए भने नयाँ अनुहारहरु पनि उतिकै मात्रामा देखिएको थियो । – घटना र विचारबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।