नेपाल र भारत सीमाबाट आयो सबैलाई चकित बनाउने यस्तो खबर, कसले गर्यो यस्तो ?
काठमाडौं । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार भारतको बहराइच जिल्लाको रुपडियामा रहेको नेपाल–भारत सीमा नजिकै बेवारिसे अवस्थामा ६ वटा बम फेला परेपछि प्रहरी र सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) लाई बम फेला परेको समाचार लगत्तै घटनास्थलमा पठाइएको थियो ।

त्यस्तै, क्षेत्रका सम्बन्धित अधिकारीहरुलाई पनि घटनाको जानकारी दिइएको र यसबारे अनुसन्धान शुरु भइसकेको बताइएको छ ।
यद्यपि, प्रहरीले भने भेटिएका वस्तु बम वा विस्फोटक पदार्थ हो या होइनन् भन्ने कुरा बम डिस्पोजल टोलीले यकिन गर्ने बताएको छ । भेटिएको वस्तुमाथि डाइनामाइट लेखिएको भए पनि वास्तावमा यो बम हो या होइन भन्ने कुरा आफूहरुले यकिन गर्न नसकेको प्रहरीको भनाई छ ।


