मुस्ताङमा हावाबाट उत्पादित बिजुलीको उद्घाटन गर्दै ओलीले भने,- अब कोरला नाका खुलाउन मलाई रोक्ने तागत कसैसंग छैन

मुस्ताङ, साउन २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हावाबाट बिजुली निकाल्ने आफ्नो सपना पुरा भएको बताउनु भएको छ ।

मुस्ताङको जोमसोममा हावाबाट उत्पादन भएको बिजुलीको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले मुस्ताङ मात्रै नभएर नबलपरासी र हेटौंडामा पनि हावाबाट बिजुली उत्पादन गर्न सकिने बताउनुभयो । आफ्नो योजनालाई हावामा उडाउनेलाई मुस्ताङमा हावाबाट बिजुली उत्पादन भएको हेर्न ओलीको अनुरोध थियो ।

बुद्ध पावर प्रा.लिको पहलमा गत बर्षको बैशाखदेखि शुरु गरिएको निर्माण कार्य १६ महिना पछि सम्पन्न भएको प्रा.लिका प्रबन्ध निर्देशक पुष्पराज तिमिल्सेनाले जानकारी दिनुभयो । अहिले ३ किलोवाट उत्पादन गर्न सकिने भन्दै उहाँले सो लगत्तै जोमसोममै हावाबाट ४० मेघावाटको बिजुली उत्पादन गर्ने जानकारी दिनुभयो । कान्तिपुर दैनिकमा खबर छ ।

यसअघि, पुर्वप्रधानमन्त्री ओलीले जोमसोमको कोरला सिमाना, सडकको अवस्था र सीमा क्षेत्रको अवलोकन गर्नुभएको थियो । भ्रमणपछि पत्रकारसंग अध्यक्ष ओलीले कोरला नाका छिट्टै संचालनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । अहिले नेपाल र चीन दुवै तर्फ सडक निर्माणको काम भइरहेको भन्दै सडक निर्माण पुरा भए लगत्तै सो नाका संचालनमा आउने उहाँको भनाई थियो ।

कोरला नाका खुलाउन आफुलाई रोक्ने तागत कसैसंग नभएको दावी गर्दै उहाँले दुवै देशको भौतिक निर्माण सडक बन्दरगाह लगायतका संरचना निर्माण सम्पन्न भएलगत्तै संचालनमा आउने बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।