मध्यरातमा सप्तकोसी ब्यारेजमा पानीको बहाव उच्च, भारतले अझै ढोका खोलेन, भारतमा पनि उच्च सतर्कता

परराष्ट्रमन्त्री महराले गरे कूटनीतिक पहल

सप्तकोसी नदीमा पानीको बहाव खतराभन्दा धेरै माथि हुँदा पनि शनिबार रातिसम्म भारतले ढोका खोलेको छैन । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतीय राजदूत मञ्जिव सिंह पुरीलाई टेलिफोन गरेर कोसी ब्यारेजका सबै ढोका खोल्न आग्रह गरेका थिए । दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख भरत रेग्मीले पनि भारतीय विदेश मन्त्रालयका अधिकारीस“ग सोही आग्रह गरेका थिए ।

‘परराष्ट्रमन्त्रीज्यूले भारतीय राजदूतलाई नेपालको चासो स्पष्ट रूपमा राख्नुभएको छ, भारतले सहयोग गर्ने आश्वासन दिएको छ,’ महराका प्रेस संयोजक हरि लामिछानेले भने । भारतीय दूतावासले भारततर्फ सबै ढोका खुला भएको दाबी गरेको छ । तर, शनिबार राति अबेरसम्म पनि भारतबाट कोसी बा“धका ढोका खोलेको थिएन ।

कोसीमा दुई लाख ७९ हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालका अनुसार कोसी ब्यारेजमा पानीको बहाव अहिलेसम्मकै उच्च छ । सप्तकोसी नदीमा शनिबार सा“झ दुई लाख ७९ हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको छ ।

शुक्रबार रातिदेखि रातो झन्डा, ३४ वटा ढोका खोलिए
५६ वटा ढोका रहेको कोसी ब्यारेजमा शनिबार साँझ ३४ वटा ढोका खोलिएको छ । कोसी नदीमा पानीको बहाव उच्च भएपछि खतरा स्वरूप शुक्रबारदेखि नै रातो झन्डा र रातो बत्ती बालिएको छ । कोसी ब्यारेजमा नेपालतर्फ पानीको बहाव उच्च रहेको छ ।

सबै ढोका खोले आफ्नो बहावमा नदी बग्न नपाएमा ठूलै खतरा हुने नेपाली अधिकारीको भनाइ छ । भारतीय दूतावासकी प्रवक्ता रुबी जसप्रित शर्माले भारततर्फ सबै ढोका खुला भएको जिकिर गरिन् । ‘हाम्रोतर्फबाट समस्या केही पनि छैन, ढोका सबै खुला छन्,’ उनले भनिन् ।

यसैबीच, सप्तकोसी नदीमा बाढीको बहाव उच्च भएकाले सप्तरीमा थप क्षति हुन सक्ने खतरालाई मध्यनजर गर्दै जिल्ला दैवीप्रकोप उद्धार तथा राहत व्यवस्थापन समितिले गृह मन्त्रालयलाई कोसी ब्यारेजका सम्पूर्ण ढोका खोलाउन आवश्यक कूटनीतिक पहल भारत सरकारस“ग थाल्ने निर्णयसमेत गरेको छ ।

दुवैतर्फ उच्च सतर्कता
कोसीमा पानीको बहाव यस वर्षकै उच्च भएपछि नेपाल र भारत दुवैतर्फ उच्च सतर्कता अपनाइएको छ । शुक्रबारदेखि अविरल वर्षाले गर्दा शनिबार दिउँसोसम्म कोसीमा पानीको बहाव २ लाख ७९ हजार ३ सय ७ क्युसेक पुगेको छ ।

नदीमा पानीको बहाव बढेपछि सप्तकोसीका ब्यारेजका ५६ मध्ये ३४ ढोका खुला गरिएको सुनसरी प्रहरीका एसपी विद्यानन्द माझीले बताए । उनका अनुसार कोसी नदीमा हुने सम्भावित घटनालाई मध्यनजर गरेर कोसी तटबन्ध र आसपासका गाउँमा सुरक्षा निगरानी बढाइएको छ । नेपालतर्फ पश्चिम सप्तरी र उदयपुर, पूर्वमा सुनसरीमा तटबन्ध निर्माण गरेर भारततर्फ बगिरहेको कोसी नदीको जोखिममा सुनसरीको बराह नगरपालिकाको राजावास, प्रकाशपुर, महेन्द्रनगर, मधुवन र कुशाहा गाउँपालिकाका बासिन्दा उच्च जोखिममा छन् ।

भारतमा पनि उच्च सतर्कता
कोसीमा पानीको बहाव उच्च भएपछि भारतको बिहारमा पनि उच्च सतर्कता अपनाइएको छ । कोसीको बाढीले विहारको मधुवनी, खगडिया, सर्हसा, सुपौल, भागलपुर, अररिया, मधेपुरा, पूर्णियालगायत आठ जिल्ला प्रभावित हुँदै आएका छन् । यसैले विहार सरकारले भैपरी आउने समस्यालाई मध्यनजर गरेर सम्भावित स्थानमा उद्धार टोली तैनाथ राखेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।नयाँ पत्रीकाबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖