बुढीगण्डकीमा कसले कति खाए ?

काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको ठेक्का दिने बेलामा प्रमुख दलका नेताहरुले कमिशन खाएको आरोप लागेको छ ।

चिनको गेजुवा कम्पनीलाई निर्माण गर्नका लागि दिने सहमति भएको छ । यत्रो ठुलो योजना विनाप्रतिस्पर्धा दिएको भनी संसद्मा आवाज उठाइएपनि प्रमुख दलका शीर्ष नेता बालेका छैनन् । ‘हामीले मात्र बोलेर केही हुनेवाला छैन, तीन दलका नेताहरु चुपचाप हुनुको रहस्य के ?’ नेकपा मालेका सांसद शिवचन्द्र चौधरीले भने– ‘यस्को अर्थ सबै नेताले त्यहाँबाट कमिशन लिएका छन्, नभए बोल्नुपर्ने हो ।’ संसदमा विशेष र शून्य समयमा सांसदले बोले पनि काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका प्रमुख नेताहरु नसुनेजस्तो गर्छन् । चौधरीले अन्तिममा आएर आझै रकम बढाउन सक्ने खतरा पनि भएको जनाए । ‘अहिले २ खर्बभन्दा अलि बढीमा दिइएको छ, भोलि पैसा पुगने भनेर ठेकेदार कम्पनीले भन्यो भने यिनीहरुले थपिदिन सक्छन्’ उनले भने– ‘बाहिर जतिसुकै चिप्लो कुरा गरेपनि पैसाको लोभमा नपर्ने कोही छैनन् । सांसदले सत्यतथ्य के हो भनेर सरकारसँग जवाफ माग्दै आएका छन् । संसदमा काँग्रेस सांसद रामहरी खतिवडाले पनि संसद्मा चर्को आवाज उठाएका थिए ।

राजधानीको एक होटलमा तीन पार्टीका नेताहरु बसेर सहमति गरेको समाचारस्रोतले जनायो । देश र जनताको पक्षमा बोल्नुपर्दा सधैं लडाई गर्ने नेताहरु यस्तो संवेदनशील विषयमा राष्ट्रको अहित हुन्छ भनेर बोल्न सकेका छैनन् । यसअघि एनसेलको विषयमा पनि प्रमुख दलले स्थानीय निर्वाचन खर्च लिएको समाचार प्रकाशमा आएको थियो । राष्ट्रवादको चर्को नारा लगाउने एमालेको मौन समर्थनले पनि नक्कली राष्ट्रवाद प्रष्ट भएको छ । सानातिना विषयवस्तुलाई पनि राष्ट्रसंघ लगेर जोड्ने र पार्टीको स्वार्थ पूरा गर्ने नियत बुझ्न गाह्रो पर्दैन । आलोचना साप्ताहिकबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖