पूर्वराजा ज्ञानेन्द्रद्वारा बाढीबाट धनजनको क्षति भएकोमा दुःख व्यक्त गर्दै पिडितको लागि ईश्वरसँग प्रार्थना

पूर्वराजा ज्ञानेन्द्र शाहले तराईमा आएको बाढीबाट धनजनको क्षति भएकोमा दुःख व्यक्त गरेका छन् । साथै उनले बाढीपीडितहरुमा विपत्तिको सामना गर्ने सफलताका लागि ईश्वरसँग प्रार्थनासमेत गरेका छन् ।

पूर्वराजाका तर्फबाट सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ- ‘पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट विगत केही दिनदेखि परेको अविरल वर्षाले देशको तराई लगायत विभिन्न भूभागमा आएको बाढी र पहिरोजस्ता प्राकृतिक प्रकोपले ठूलो धनजनको क्षति पुर्‍याएकोमा गम्भीर चिन्ता एव दुःख व्यक्त गरिबक्सेको छ ।’

बाढीपीडित जनतालाई राहत एवं उद्धारमा सरकारले तदरुकता देखाउनुपर्ने उल्लेख गर्दै वक्तव्यमा भनिएको छ- ‘विपत्तिको यस घडीमा उक्त क्षेत्रका जनतालाई राहत एवं उद्धार उपलब्ध गराउँदै प्रकोप नियन्त्रणका लागि सम्वन्धित पक्षले तदारुकता देखाउने छ भन्ने विश्वास गरिबक्सेको छ ।’

पूर्वराजाका तर्फबाट जारी विज्ञप्तिमा अगाडि भनिएको छ- ‘यस दुःखद घडीमा धैर्य र साहसका साथ विपत्ति सामना गर्ने सफलताकाे लागि ईश्वरसँग मौसुफबाट प्रार्थना गरिबक्सेको छ ।’

ईश्वरसँग पार्थना गरेका पूर्वराजा आफैंले भने पीडितका लागि कुनै आर्थिक वा भौतिक सहायताको घोषणा गरेका छैनन् ।

तर, यस्तो सहायताका लागि हिमानी ट्रष्टले तयारी गरिरहेको पूर्वराजा ज्ञानेन्द्रको निजी सचिवालयका फणि पाठकले अनलाइनखबरलाई बताए । पाठकले भने- ‘हिमानी ट्रष्टले राहत वितरणको तयारी गरिरहेको छ । उसले चाँडै घोषणा गर्छ ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।