अविरल वर्षा भएसँगैको बाढीले उत्तर-दक्षिण, पूर्व-पश्चिम राजमार्ग जोड्ने बबईको पुल भास्सियो, यातायात सम्पर्क विच्छेद

बर्दिया, साउन ३० । सदरमुकाम गुलरिया हुँदै उत्तर-दक्षिण, पूर्व-पश्चिम राजमार्ग जोड्ने जब्दीघाटस्थित बबई नदी माथिको भास्सिएको छ । पप्पु कन्सट्रक्सनद्वारा दुई वर्षअघि निर्मित उक्त पुल हस्तान्तरण नहुँदै भास्सिएको हो ।

प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाका अनुसार पुल भास्सिएपछि उत्तर दक्षिण जोड्ने यातायात ठप्प भएको छ । ४ सय २५ मिटर लामो पुल भासिएपछि उत्तरी भेगसँग यातायात सम्पर्क विच्छेद भएको छ । स्थानीयले पटकपटक पुल कमसल भएको भन्दै विरोध गरेपनि पुन निर्मिण सकिएको थियो ।

शुक्रबार रातिबाट परेको अविरल वर्षाले बबई, कर्णाली र मानखोलामा आएको बाढीले झण्डै १ लाख बासिन्दा प्रभावित भएका छन् । ती मध्ये करिब १५ हजार विस्थापित भएको प्रारम्भिक अनुमान गरिएको प्रजिअ थापाले जनाए ।

बाढीले तीन जनाको ज्यान जानुका साथै तीन जना घाइते भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार बाढीबाट ठाकुरबाबा नगरपालिका-२ का ७० वर्षीया साउनी थारु, सोही ठाउँका ६० वर्षीय गोविन्द थारु रहेका छन् । बारबर्दिया-१० का राजेन्द्र चौधरी शुक्रबारदेखि बाढीले बगाउँदा बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

बाढी पीडितलाई उद्दार गर्ने काम सेना र प्रहरीले गरिसकेको प्रजिअ थापाले बताए । बाढी घट्दै गएपनि डुबानका कारण यातायात सम्पर्क नभएकोले राहत सामग्री पठाउन नसकेको स्थानीय प्रसाशनले जनाएको छ । सेनाको हेलीकोप्टरले राहत वितरण सोमबारबाट वितरण गर्ने जनाएको छ । कान्तिपुर बाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।