गोविन्द केसीको माग पुरा गर्न कस्सिएको सरकारलाई एमालेको चुनौति- हिम्मत छ भने कानून ल्याएर देखाउ
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय चिकित्सा ऐनमा निजी मेडिकल कलेज राष्ट्रियकरण गर्ने कानून ल्याएर देखाउन सरकारलाई चुनौति दिएको छ ।

एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमालेले मनमोहन मेडिकल कलेज कुनै हालतमा सरकारलाई नबेच्ने भन्दै यस्तो चुनौति दिएका हुन् ।
उनले भनेका छन्– मनमोहन मेडिकल कलेजले आफ्नो सम्पत्ति वेच्न मानेन भनेर सरकारले गुनासो गर्नुभन्दा नीजि मेडिकल कलेज राष्ट्रियकरण गर्ने कानुन ल्याउनु राम्रो हो । नेपालपानाबाट ।


