तराई डुब्नुमा भारत होइन नेपाल दोषी हो : हृदयेश त्रिपाठी

काठमाडौं, तराई मधेसका बस्ती डुबानमा पर्नुमा भारत जिम्मेवार रहेको विभिन्न दलका नेताहरुले आरोप लगाएका छन् । भारतले सीमावर्ती क्षेत्रमा तटबन्ध बाँधेको र भारी वर्षा हुँदा पनि ती बाँधहरुलाई समयमा नखोलिदिँदा नेपाली भूभाग डुबानमा परी जनधनको क्षति हुन पुगेको नेताहरुको भनाई छ ।

राजधानीमा सोमबार आयोजित भारतीय राजदूत मञ्जिभ सिंह पुरी सहभागि कार्यक्रमा नेताहरुले सीमा क्षेत्रमा देखिएको समस्या समाधान गर्न गम्भीर बन्न भारतसँग आग्रह गरे ।

एमाले नेता भीम रावलले अहिले तराईबासी नेतालीले भोग्नु परेको बाढीको समस्या भारतको कारण उत्पन्न भएको भन्दै सीमा क्षेत्रमा बाँधिएका तटबन्ध हटाइनुपर्ने बताए । उनले १९५० मा भएका सन्धीसम्झौता पुनरावलोकन हुनुपर्नेमा पनि जोड दिए ।

यस्तै कांग्रेस नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रकाश शरण महतले अहिले देखिएका समस्यालाई नेपाल भारतबीच छलफलबाट हल गरिनुपर्ने बताए । उनले तटबन्ध बाँधिएकै कारण डुबानको समस्या उत्पन्न हुनु र कयौंको ज्यान जानु दुखद भएको समस्याको छिटोभन्दा छिटो समाधान खोजिनुपर्नेमा जोड दिए ।

राजपा नेता हृदयेश त्रिपाठीले भने समस्या निम्तनुमा भारतको मात्रै नभएर नेपालीको पनि दोष रहेको बताए । उनले मधेसको समस्या समाधान गर्न सरकार गम्भीर नभएको समेत सो क्रममा गुनासो गरे। भारतीय राजदूत पुरीले भने तराईमा देखिएको डुबानको समस्याबारे खुलेर बोल्न चाहेनन् । बरु उनले नेपाल भारतबीचको सम्बन्ध विशेष खालको रहेको भन्दै नेपालीको पीडामा भारत सदैव सहयोग गर्न तयार रहेको बताए । – रातोपाटीबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।