प्रयोगकर्तालाई धनि बनाउने फेसबुकको योजना : आफ्नै भिडियो अपलोड गर्नुस पैसा कमाउनुस

युट्युबलाई टक्कर दिने फेसबुकको योजना

विश्वु चर्चित सामाजिक सञ्जाल फेसबुकले नयाँ भिडियो प्लेटफर्म सार्वजनिक गरेको छ ।

उपभोक्ताको मागलाई मध्यजनजर गर्दै फेसबुकले उक्त भिडियो प्लेटफर्म सार्वजनिक गरेको हो ।

यो सुविधासँगै गुगलको युट्युबलाई फेसबुकले टक्कर दिने दाबी गरेको छ । सुरुमा सार्वजनिक गरेको फेसबुकको भिडियो प्लेटफर्म सानो समूहका लागि मात्र लक्षित गरिएको छ ।

प्लेटफर्ममा नेट फ्लिक्स र अमेजनलाई समेत साझेदारीमा भिडियोको लागि ठाउँ उपलब्ध गराउने फेसबुकले जनाएको छ । यो प्लेटफर्ममा युट्युबमा जस्तै क्रिएटिभ भिडियो प्रोग्राम बनाउन सकिनेछ ।

फेसबुक एन्ड्रोइड र आईओएस एमा अहिले एउटा भिडियो ट्याब हुन्छ जसलाई यो नयाँ फिचरले विस्थापित गर्नेछ । नयाँ भिडियो प्लेटफर्म सार्वजनिक समारोहमा फेसबुकले प्रसिद्ध च्याननल नास डेलीको भिडियो समेत देखाएको थियो ।

अब फेसबुकले मिडिया पब्लिसर्सलाई समेत ठाउँ दिने जनाएको छ । फेसबुकले यो नया प्लेटफर्मको नाम ‘वाच’ राखेको छ । यसको सिम्बोल एउटा धारिलो तरबार जस्तो छ ।

यो प्लेटफर्ममा भिडियो फिचर, एप्स तथा टीभी एप्ससमेत उपलब्ध गराइनेछ ।

फेसबुकले यो एप्सलाई अमेरिकामा परीक्षणका गर्न बताइएको छ । यसका लागि प्रयोगकर्ता आफैंले खिचेको सक्कली भिडियो राख्नुलपर्नेछ । फेसबुकले यसको लागि बजेटसमेत छुट्याउने तयारी गरेको छ ।

यसबाट के फाइदा हुन्छ भन्नेक प्रश्नकमा फेसबुकले भिडियोको वाचलिस्ट बनाउनेछ र पछि प्रयोगकर्तालाई हेरेको आधारमा रकम उपलब्ध गराउनेसमेत जनाएको छ ।

भिडियोलाई वर्गीकरणसमेत गरिने भएको छ । प्रयोगकर्ताले कुन भिडियो बढी हेर्न चाहन्छन् वा हेरिरहेका छन् भन्नेक पत्ता लगाउन यसले मद्दत गर्नेछ । फेसबुकको यो फिचर एसियाली मुलुकमा भने सन् २०१८ सम्मामा मात्रै उपलब्ध हुने अनुमान गरिएको छ ।

– अन्नपूर्णपोस्ट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।