धनकुटा जिल्ला लिग फुटवल प्रतियोगितामा सेभेन युथ क्लव विजयी
धनकुटा खबर, भदौ ७ । जिल्ला फुटवल संघ धनकुटाको आयोजनामा धनकुटामा सञ्चालित जिल्ला लिग फुटवल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको अन्तिम दिन आज वौद्धिक विकास समाज धनकुटा ६ र सेभेन युथ क्लव वीच भएको फाईनल खेलमा ०–२ गोलको अन्तरले सेभेन युथ क्लव विजयी भएको छ ।
जीत सँगै उसले नगद रु १५ हजार पुरस्कार प्राप्त गरेको छ भने प्रतियोगिताको दोश्रो विजयी समूह वौद्धिक विकास समाजले नगद रु १० हजार नगद पुरस्कार हात पारेको छ ।
प्रतियोगिताका विजयी दुवै टीमलाई जिल्ला फुटवल संघ धनकुटाका अध्यक्ष धिरेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा सञ्चालित कार्यक्रमको वीच धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्गले पुरस्कार वितरण गर्नुभएको संघका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
यी दुई टीम मध्ये प्रतियोगिताको सेमिफाईनलमा देउराली युवा क्लव लाई हराउदै वौद्धिक विकास समाज फाईनलमा प्रवेश गरेको थियो भने जनचेतना सार्वजनिक पुस्तकालयलाई हराउदै सेभेन युथ क्लव फार्यनलमा पुगेको थियो ।
प्रतियोगितामा धनकुटा जिल्ला फुटवल संघमा आवद्ध १३ टिमले सहभागीता जनाएका थिए ।


