देउवाको भारत भ्रमण जोगबनी किनमेल गर्न गाको जस्तो मात्रै हो कुनै राष्ट्रिय महत्व छैन ! (भिडियो सहित)

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका स न्दर्भमा राजनीतिक विश्लेषक अरुण सुवेदी नेपाल आज डककममा ‘कुरा खस्रा मीठा’ नामक भिडियो स्तम्भमा ब्यक्त गर्नुभएको धारणाको सार :-

‘नेपालका प्रधानमन्त्री पाँच पाँच दिनसम्म बिना कारण भारतमा गएर बस्नु लाजमर्दो विषय हो । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण पाँच दिने छ । डेढ घण्टामा पुगिने दिल्लीमा बिहान गएर दिनभर बैठक, भेटघाट गरेर बेलुका फर्किँदा हुन्छ । नेपालका प्रधानमन्त्रीको काम नै नभए जस्तो देखिन्छ । भारत गएर पाँच पाँच दिन बस्नु भनेको नेपालका प्रधानमन्त्रीले आफ्नो मर्यादा घटाउनु हो ।

नेपालका प्रधानमन्त्रीहरुले पहिलो विदेश भ्रमण भारतबाटै सुरु गर्छन् । भारतलाई नै गाली पनि गर्छन् । प्रधानमन्त्री हुँदा आफ्नो क्षमताले भएँ भन्ने हटाउँदा भारतले हटायो भन्ने खेती नेपालमा पहिलेदेखि नै छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालले लैजाने एजेन्डा सधै पुरानै हुन्छन् । नेपालले जे जति एजेन्डा उठाउँछन् ती पूरा भएका छैनन । किनभने ती विषयमा दुई देशका चासो फरक परेर पूरा नभएका हुन् । नेपाली पक्षको कुनै ठोस धारणा नै छैन ।

भारतले ठोस धारणा लिएर आउन भन्छन् तर नेपालले सक्दैन ।

मानौ कुनै बाँध बनाएर भारतले आफ्ना जनताको जीउधनको रक्षा गरिरहेको छ । नेपालले भन्छ कि त्यो बाँध हटाउ । भारतले भन्छ ठिक छ बाँध त हटाउछौं । तर हाम्रा जनताको जीउ धनको रक्षा गर्ने तिमीसँग के योजना छ भनेर भारतले सोध्छ । हामी कुनै प्लानिङ नै दिन सक्दैनौं । अनि कहाँ भारतले हटाउँछ बाँध ?

यो पटक नेपाल भारतबीच सुपुर्दगी सन्धीको कुरा हुने सुनेको छु । यो ठिक छ । सधैको विवाद रहनु भन्दा भारतसँग नेपालले सुपुर्दगी सन्धी गर्नु पर्छ । देशको बेइज्जती हुनु भन्दा कानुनी हिसाबले सुपुर्दगी गर्नु राम्रो हो । एउटा मिर्गौला व्यापारीलाई हामीले अवैध रुपमा भारतलाई सुपुर्दगी गर्यौं । बरु सन्धी गरेरै दिँदा ठिक हो नी ।

यस्तो सन्धी नगरेकै कारण भारतले नेपालका अपराधीलाई पालेर राख्छ भन्न मिल्दैन । रेशम चौधरीलाई भारतले रेड कार्पेट ओछ्याएर पालेर राखेको भन्न मिल्दैन । उनले प्रचण्ड भारत भ्रमणको बेला भेटे । तस्बीर सार्वजनिक भयो । तर सडकमा रेशम चौधरीलाई अपराधी करार गरेर हुँदैन । नेपालले रेशमलाई रेड कर्नर नोटसमा राखेर पक्राउ गरी बुझाउन भन्नु परो नी । सरकार क्षतिपूर्ति दिने अनि उसलाई भारतले पालेर राख्यो भन्न मिल्दैन ।

यो पटक महाकाली सन्धीपछि बनाउने भनिएको पञ्चेश्वर बहुद्देश्यीय योजनाबारे भारतसँग कुरा गर्ने भनिएको छ । भारतले ठूलो जलाशय भन्दा सानो जलाशय बनाउने रुची देखाएको छ । झन्डै ६ हजार मेगावाट बिजुली निकाल्ने गरी बनाउने कुरा थियो । अहिले २ हजारको बनाउने कुरा भारतको छ । महाकाली सन्धी गरेको भनेर केपी ओलीको खुब विरोध हुने गर्छ । खासमा महाकाली सन्धीको कारणले म केपी ओलीको आलोचना गर्दिनँ । यो सन्धी नेपालको पक्षमा भएर नै भारतले अहिलेसम्म कार्यान्वयन नगरेको हो भन्ने मेरो बुझाइ हो ।’

साभार नेपालआज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।