भीम नारायण गोल्ड कप भदौ २७ गते देखी सुरु

धनकुटा खबर, भदौ १० । शहिद भीम नारायण अन्तराष्टिय आमन्त्रण गोल्ड कप फुटवल प्रतियोगिताको १३ औं संस्करण भदौ २७ गते देखी धनकुटामा सुरु हुने भएको छ ।

सहिद भीमनारायण अन्तराष्टिय आमन्त्रण गोल्ड कप फुटवल प्रतियोगिता आयोजक समितिको शनिबार बसेको बैठकले प्रतियोगिता भदौ २७ गते देखी ३१ गते सम्म धनकुटा टुडिखेलमा गर्ने निर्णय गरेको हो ।

शहिद भीमनारायण अन्तराष्टिय आमन्त्रण गोल्ड कप फुटवल प्रतियोगितामा नेपालका ए डिभिजन क्लवहरु र छिमेकी राष्टको १ टिम गरि जम्मा ६ टिम सहभागि गराइने निर्णय गरेको छ ।

आजको बैठकले प्रतियोगितालाइ सफलतापूर्वक सम्पन्न गर्नका लागि विभिन्न उपसमिति समेत बनाएको छ ।

गोविन्द राइको संयोजकत्वमा अर्थ, विदुर खवासको संयोजकत्वमा प्रचार प्रसार ,शुक्र लिम्बुको संयोजकत्वमा स्वास्थ्य,रामबहादुर श्रेष्ठको संयोजकत्वमा कार्यक्रम सञ्चालन,रुपेश श्रेष्ठको संयोजकत्वमा स्वयमसेवक परिचालन समीती गठन गरेको प्रचार प्रसार संयोजक विदुर खवासले जानकारी दिनुभयो ।

त्यस्तै मञ्च व्यवस्थापन संयोजकमा विनय राई, फिल्ड व्यवस्थापन संयोजक सरिन प्रधान, टिम व्यवस्थापन संयोजक सुमन श्रेष्ठ, र म्याच कमिसरमा धिरेन्द्रलाल श्रेष्ठलाई चयन गरेको आयोजकका समितिका संयोजक सम्भु प्रधानले बताउनु भयो ।

प्रतियोगीता नेपाली कांग्रेशका नेता शहिद भीमनारायण श्रेष्ठको नाममा २०५५ शालमा स्थापना गरिएको थियो । शहिद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरि २०३५ शालमा तत्कालिन सरकारले गोली हानी हत्या गरीएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।