रबिले गरे नेपाल आर्मीको डरलाग्दो चलखेलको सनसनीपूर्ण खुलासा, साथै स्कुल भित्रै प्रध्यानध्यापकले बालिकाहरु माथि गरेको यौन दुर्व्यवहारको पनि पर्दाफास गरे (भिडियो सहित)

काठमाडौँ | न्युज २४ टेलिभिजनद्वारा संचालित कार्यक्रम सिधा कुरा जनतासंग अहिले नेपाली जनताको निकै लोकप्रिय बनेको छ | सरकारले ध्यानकर्षण गर्नु पर्ने बिषय बस्तु एउटा कार्यक्रम सिधा कुरा जनतासंग ले उठान गर्दै र समस्याको समाधान पनि गर्दै आएको छ |

विविद बिषयमा खरो रुपमा उत्रेको यो कार्यक्रमले भ्रस्टाचार,अनिमितता,ठगि वैदेशिक रोजगारको मनोमानी अरु थुप्रै कुराहरुमा औला उठाउदै आइरहेको लोकप्रिय कार्यक्रम सिधा कुरा जनता संग टिमले गएको हप्ता मात्रै एउटा स्टिंग अपरेसन गरेको थियो |

फेरी पनि रबि लामिछानेको टिमले अर्को ठुलो माछा पक्रेको कुरा सिधा कुरा जनता संगका प्रखर पत्रकार रबि लामिछानेले ब्रेकिङ्ग न्युज क्याप्सन दिएर फेसबुक लाइभ भनेका छन् |

लामिछानेले नेपाल आर्मीको बिषयमा गरेको फल्लोअपमा बिशेष खुलासा गरेको छन् | सायद एैतिहासिक खुलासा समेत रकेको कुरा उल्लेख गरेका छन् | कार्यक्रम मार्फत नेपाली आर्मी भित्रै धेरै ठुलो चलखेल भएको कुरा बारम्बार भन्दै आएको कुरा लाई आज प्रमाणित गर्ने कुरा उल्लेख गरेका छन् |

लामिछानेले कसरी मानिसहरुलाई आर्मीका केहि भूतपूर्व पधाधिकारी,वहालवाला पधाधिकारी सहित संलग्न रहेर कसरी चलखेल गरे त भन्ने बिषयमा पर्दाफास गर्ने बताएका छन् |

साथै कुनै एक विद्यालयमा कक्षा ८,९,१० मा पढने विद्यार्थीहरुलाई बालिकाहरुलाई यौन दुर्व्यहार गरेको बारे खुलासा गरेका छन् | स्कुलका प्रिन्सिपल र फाउन्डर प्रिन्सिपलले नै यसरी बालिका माथि यौन दुर्व्यहार गरेका छन् | प्रिन्सिपलले स्कुल भित्रै बालिकाहरुको सम्बेदनशील अंगहरु छुने काखमा राख्ने जस्ता यौन जन्य कार्यकलाप गरे पछि बालिकाहरु मुख खोलेका छन् | रबि लामिछाने टिम लाई बोलाएर प्रिन्सिपलको कालो कर्तुतको छरपष्ट बयान बालिकाहरुले दिएका छन् |

https://youtu.be/x4KrsditWgk



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।