२ नम्बर प्रदेशमा पनि एमाले नै पहिलो शक्ति बनेर उदाउछ : राजनीतिक विश्लेषक (भिडियो सहित)

काठमाडौँ । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा नेकपा एमाले पहिलो शक्ति बनेर उदाउने बताएका छन् । जनता टेलिभिजनको नियमित प्रस्तुति ‘सन्दर्भ’ मा पत्रकार रामकुमार एलनसँग कुराकानी गर्दै डा. केसीले भने, ‘जसलाई छेक्न खोजिन्छ, जनताले मत हाल्दा त्यस्तैलाई छान्छ ।’ यसपटक तराईमा एमालेलाई निषेध गर्न सबै लागेकाले जनमत एमालेकै पक्षमा आउने केसीको दाबी छ । ‘२०६४ मा माओवादी आयो, त्यसपछि कांग्रेस र अहिले जताततै एमालेको माहौल छ,’ डा. केसीले भने, ‘एमाले मधेसविरोधी पनि होइन, भारतविरोधी पनि होइन अहिलेको राजनीतिक घटनाक्रमको दोषी पनि होइन, तर एमालेलाई नै छेक्न खोजिएकाले जनमत एमालेका पक्षमा आउनसक्छ ।’ हेर्नुस् भिडियो अन्तर्वार्ताः



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।