माओवादी नेता यादवले भने,- एमालेलाई मधेशबाट पत्तासाफ गर्नुपर्छ

जनकपुर, २२ भदौ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य झल्कु यादवले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मधेशविरोधी पार्टी भएको आरोप लगाए ।

बिहीबार रिपोर्टर्स क्लब नेपाल–जनकपुर शाखाले जनकपुरको बार एशोसियसनको कार्यालयमा आयोजना गरेको ‘प्रदेश नम्बर २ को निर्वाचन : दलहरुको सहभागिता’ नामक विशेष अन्तरक्रियामा बोल्दै उनले थपे,‘एमाले मधेश विरोधी पार्टी हो, मधेशी जनतालाई अधिकारसम्पन्न बनाउन उसले कहिल्यैपनि चाहेको देखिएन्, अहिलेपनि संविधान संशोधनको विरोधमा एमाले उभिएको छ।’

क्लब शाखा अध्यक्ष गणेश रायको सभापतित्वमा आयोजित विशेष अन्तरक्रियामा बोल्दै यादवले एमालेलाई जनताले किन मत हाल्ने भन्दै प्रश्न समेत उठाए । उनले भने,‘एमालेलाई मधेशबाट पत्तासाफ गर्नुपर्छ, जनताले एमालेलाई राम्रोसँग चिनेका छन्।’

एमाले संघीयता, गणतन्त्र लगायत परिवर्तनको विरोधी भएको समेत उनको आरोप थियो । उनले मधेश र मधेशी जनताको अधिकारको लागि सबैभन्दा धेरै लड्ने र एजेण्डा बोक्ने पार्टी नै आफ्नो पार्टी भएको समेत जिकिर गरे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।