सातै प्रदेशमा वर्षा, तर चक्रवात ‘अर्नब’ को प्रभाव बागमती, मधेश र कोशीमा मात्र

काठमाडौं, १३ कात्तिक । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हाल तीनवटा प्रदेशमा मात्र वर्षा भइरहेको छ । सातै प्रदेशमा वर्षा भइरहे पनि ‘अर्नब’ को प्रभाव तीन प्रदेशमा मात्र रहेको मौसमविद् विनोद पोखरेलको भनाइ छ ।

उनका अनुसार बागमती, मधेश र कोशी प्रदेशमा भइरहेको वर्षा चक्रवात ‘अर्नब’ को प्रभावका कारण हो । तर कर्णाली र सुदूरपश्चिममा भने पश्चिमी वायुको प्रभावका कारण वर्षा भइरहेको छ ।

लुम्बिनी र गण्डकीमा वर्षा भइरहे पनि ‘अर्नब’ र पश्चिमी वायुको कमजोर प्रभाव मात्र परेको उनको भनाइ छ । सोही कारण अपेक्षित वर्षा नभएको उनको अनुमान छ ।

‘अहिले वर्षाले नेपालका सातै प्रदेश छोएको छ। तर रोचक कुरा के छ भने वर्षा गराउने प्रणाली भने सबै ठाउँमा एउटै छैन। सुदूरपश्चिम र कर्णालीमा भइरहेको वर्षा पश्चिमी वायुको प्रभावका कारण हो भने बागमतीदेखि कोशीसम्मको वर्षा चक्रवात अर्नबको प्रभावसँग सम्बन्धित छ,’ पोखरेल भन्छन्, ‘गण्डकी र लुम्बिनीका पश्चिमी भूभागमा भने दुवै प्रणालीको कमजोर प्रभाव मात्र परेको छ, भनौँ, यता न उताको अवस्था । त्यसैले ती क्षेत्रमा अहिले खासै वर्षा हुन सकेको छैन।’ 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖