नेपालको स्वाभिमानलाई उँचो बनाउने काम एमालेले मात्र गर्छ : नेता पाण्डे

पार्टीमा अन्तरघातबारे छानबिन समिति गठित

त्रिशूली (नुवाकोट), २२ भदौ । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेन्द्रबहादुर पाण्डेले राष्ट्रियताका लागि एमाले देशको पहिलो पार्टी हुन आवश्यक रहेको बताउनुभएको छ ।

एमाले नुवाकोटले आज सदरमुकाम विदुरमा गरेको पहिलो चरणको स्थानीय तहको निर्वाचनको समीक्षा कार्यक्रममा सहभागी नेता पाण्डेले नेपालको स्वाभिमानलाई उँचो बनाउने काम एमालेले मात्र गर्ने जिकिर गर्नुभयो । स्थानीय तहको निर्वाचनबाट पाठ सिकेर आगामी निर्वाचनको तयारी गर्न उहाँले कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य खेम लोहनीले पार्टीका चुनावी कमजोरीलाई सच्याउँदै प्रतिनिधिसभा र प्रदेशसभाका लागि जनपरिचालन गर्नुपर्ने बेला आएको बताउनुभयो । एमाले नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लामा स्थानीय तह निर्वाचनको समीक्षा गरी निर्वाचनको समयमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने तथा अन्तरघात गर्नेको पहिचान गर्न समितिसमेत गठन गरेको छ ।

जिल्ला कमिटीका उपसचिव विष्णु लोहनीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । समितिका सदस्यमा निर्मला खड्का र सुदर्शन नेपाल रहनुभएको छ । स्थानीय तहको निर्वाचनमा एमालेभित्र अन्तरघात भएको भन्दै आधा दर्जनजति परेको उजुरीमाथि छानबिन तथा अन्य अन्तरघात तथा पार्टीका उम्मेदवारलाई असहयोग गर्नेको विवरण समितिले संकलन गर्ने एमाले प्रचार विभाग प्रमुख वासुदेव कडुवालले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।