पूर्वजर्नेल डा.प्रेमसिंह बस्न्यातको यस्तो कटाक्ष त्यो पनि राजतन्त्र र राजाहरुप्रति – हेर्नुहोस् भिडियोसहित
यसकारण पुर्वराजाले सर्बोच्चमा मुद्धा हाल्नु पर्छ : शाह राजाहरु राणाहरुको फरियाको घेराबन्दीमा थिए
नेपाली सेनामा रहेर लामोसमयसम्म देशको आन्तरिक र बाह्य सुरक्षा रणनीतिबारे बिशेष दक्षता हासिल गर्नु भएका अवकाशप्राप्त जनरल डा. प्रेम सिंह बस्न्यातले नेपालआजडटकमलाई दिएकोको अन्तर्वार्ताको भिडियोमा केहि खास खुलासा गरेका छन् । उक्त अन्तर्वार्तामा डाक्टर बस्न्यातले ब्यक्त गरेका बिचारहरु :-
सबै जनतालाई भ्रम छ कि नेताहरुले दश बिगारे तर सत्य त्यो होइन । नेपाल बिगारेको भनेकै नेपालको कर्मचारीतन्त्रले हो देश बनाउनु नेताहरुलाई सहि सुझाब र सल्लाह दिनको साटो बिदेशीको पैसा खादै बिदेशीको हितमा काम गर्न नेताहरुलाई बिभिन्न तरिकाले घुमाएर बाध्य पार्दै यो देशलाई डुबाए र पछि कर्मचारीहरुकै सिको नेताहरुले पनि गरे ।
कर्मचारीतन्त्रमा जस्तै नेपालको सुरक्षा निकायमा पनि बैदेशिक शक्तिको लागि काम गर्ने एजेन्टहरु छैनन भनेर अस्विकार गर्न सक्ने स्थिति छैन , यो मामलामा नेपाली सेना , नेपाल प्रहरी , सशस्त्र प्रहरी कोहि पनि अछुतो छैन । हिजो माओबादी जनयुद्धमा माओबादीका सेना बिरुद्ध लड्नेहरु मध्ये सेना प्रहरीका उच्च अधिकारीहरु शान्तिवार्ता पछि माओबादीमा प्रवेश गरे जसले गर्दा यो प्रमाणित हुन्छ कि ति सबै मानिसहरुले माओबादीसंग मिलेर देश र जनतालाई धोका दिएका थिए त्यो पनि सेना र प्रहरी कस्तो संबेदनशील निकायमा काम गर्दा नै ।
अहिले पनि सेना वा प्रहरीका अवकाश प्राप्त उच्च अधिकारीहरुले बिदेशीको लागि काम गर्दैछन ।
जनयुद्धको बेला माओबादीसंग साँठगाँठ गरेर तत्कालिन राजाहरुले समेत नेपाली जनता मार्ने अभियानमा सामेल भएको गहिरो रहस्य बस्न्यातले यो अन्तर्वार्ता मार्फत उजागर गरेका छन् । तत्कालिन राजदरवारको हिन्ट्स नपाइकन तत्कालिन शाही सेनाका बहालवाल जर्नेलहरुले माओबादीलाई भेट्ने काम गर्नै सक्दैन थिए ।
राजा बीरेन्द्रको देश भित्रैको भ्रमणमा राजा बीरेन्द्रमाथि नै फाइटर प्लेन उडायो र नगर्नु भन्दा पनि इण्डियाले अटेर गरेर पटक पटक लडाकु जहाज नेपालकाे अाकाशमा उडाउन थालेपछि राजा वीरेन्द्रले चीनबाट विमान प्रतिराेधि हतियार किन्न लगाएका थिए। यसैलार्इ निहुँ बनाएर ०४५ सालकाे नाकाबन्दी लगार्इएकाे हाे।
राजदरवार हत्याकाण्डमा तत्कालिन प्रधानसेनापति राणाले दिएको गैरजिम्मेवारी बयानको लागि तत्कालिन राजा ज्ञानेन्द्रले उनलाई कार्वाही गर्नु सक्नु पर्थियो तर त्यसो गर्न सकेनन। शाह बंशका राजाहरु राजदरवार हत्याकाण्ड हुदासम्म पनि राणाहरुकै फरियाले घिरिएर बसेका थिए र अहिले पनि पुर्वराजाको वरिपरी राणाहरुकै फरियाले घेरिएकर बसेका छन् भन्दै पुर्व जर्नेल बस्न्यातले राणाको घेराबन्दीमा राजाहरु रहेको भनाइ राखेका छन् ।
राजदरवार हत्याकाण्डमा आफूमाथि लागेको दोषलाई निष्पक्ष छानबिन गरिपाउ भन्दै पुर्वराजा ज्ञानेन्द्रले सर्बोच्च अदालतमा मुद्दा हाल्नु पर्ने बताएका छन् । राजा बीरेन्द्रको हत्यामा ज्ञानेन्द्रको संग्लनता रहेको आशंका गर्नेहरुको संख्या अधिक भएको हुदा पनि राजा ज्ञानेन्द्र अलोकप्रिय भए ।
दरवार हत्याकाण्डको छानबिन समितिबाट एमाले नेता माधवकुमार नेपालले भागेर कायरता प्रदर्शन गरेका छन् भन्ने आरोप पनि बस्नेतले लगाए ।
उक्त कुराहरु यो बेजोड अन्तर्वार्ताको ३६ मिनेट पछि शुरु हुन्छ ,हेर्नुस भिडियो


