दिदी-भाई उम्मेदवार, दुई भाई चुनाव बहिष्कारमा, आमालाई तनाव !

धनुषा। एउटै घरका ६ सन्तानमध्ये दुइजना चुनावका उम्मेदवार र दुइजना चुनाव बहिष्कारमा सक्रिय भएर लागेपछि स्थानीय निर्वाचनमा भोट हाल्ने कि नहाल्ने भनेर आमालाई धर्मशंकट परेको छ।

जनकपुर उपमहानगरपालिका- ८ का स्वर्गीय कृष्ण चन्द्र मिश्र र आशा देवी मिश्रका चार छोरा दुई छोरीमध्ये दुई दिदीभाई असोज २ को स्थानीय निर्वाचनमा उम्मेदवार बनेका छन् भने अरु २ भाइले जसरी पनि प्रदेश २ को स्थानीय निर्वाचन बहिष्कार गर्ने भनेर अभियान नै संचालन नै गर्दैछन। ४८ वर्षीय दिदी पुनम मिश्र स्थानीय निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट जनकपुर उपमहानागरपालिकाको उपमेयरको उम्मेदवार बनेकी छिन भने उनका कान्छो भाई अम्भोज मिश्र जनकपुर उपमहानगरपालिका ८ नं राजपा नेपालका तर्फबाट बाट वडासदस्यको उम्मेदवार बनेका छन्।

दिदी र भाई उम्मेदवार भएतापनि माइलो भाई सरोज र साइँलो भाई अनुज मिश्र भाने चुनाव बहिष्कारको अभियानमा छन् । संविधानको प्रारम्भिक मस्यौदा जनताको बीचमा आएदेखि नै सरोजले आफ्नै नेतृत्वमा मधेश अधिकार संघर्ष समिति मास बनाएर विगतको लामो मधेश आन्दोलनदेखि नै सक्रिय रुपमा लागिरहेका छन् । संविधान संशोधनका लागि विभिन्न दवाबमुलक अभियानहरु सन्चालन गर्दै आएका सरोजलाई भाई अनुजले पनि साथ दिइरहेका छन्।

गत बुधबार भएको उम्मेदवार मनोनयन दर्ताको दिन दिदी पूनम र काम्छो भाई अम्भोज बाजागाजासहित निर्वाचन कार्यालयमा फरक दुई दलबाट उम्मेदवारी दर्ता गराउन जाँदा भाइहरु सरोज र अनुज केही युवाहरुको नेतृत्व गर्दै जनकपुरको जनकचोकमा संविधान संशोधन बिनाको स्थानीय चुनाव बहिष्कार गरौँ भनेर लेखिएको प्लेकार्ड लिएर धर्नामा बसेका थिए।संविधान संशोधन बिना चुनाव हुन दिन्नौं भन्ने ठूला मधेशवादी दलहरु सरकार संगको वार्तापछि चुनावमा सहभागी भए तर सरोज र अनुज भने संविधान संशोधन नगरी हुन लागिएको चुनावमा कुनै पनि हालतमा सहभागी नहुने भनेर विरोध गर्दै आइरहेका छन्।

दुई छोराछोरी एक पक्ष र दुईले अर्को पक्ष लिँदा आमा आशादेवी भने समस्यामा परेकी छिन। आफ्नो लागि सबै छोराछोरी बराबर भएको भन्दै अब के गर्ने के नगर्ने भन्ने विषयमा सोच्ने नसकेको बताइन ।तर अहिलेसम्म कुनी पनि निर्णय नगरेको उनले बताएकी छिन। एसकाठमाण्डौं



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।