दाइजो नमाग्नेलाई २५ हजार दिने राजपाको घोषणा कार्यान्वयन होला त ?

काठमाडौं । सबैभन्दा बढी छुवाछूत र दाइजोको समस्या मधेशमै छ । दाइजोका कारण मधेशमा ज्यान लिनेसम्ममा हर्कत भइरहेका छन् भने मधेशका कथित ठूला जातिहरुबाट मधेशी दलितहरु प्रताडित भइरहेका छन् ।

मधेशमा दाइजो र छुवाछूत प्रथा रोक्न मधेशी दल राष्ट्रिय जनता पार्टीले आफ्नो चुनावी घोषणा पत्रमा विषेश योजना ल्याउने बताएको छ । वर्षौ वर्षसम्म मधेशमा भएका हिंसा रोक्न पहल नगरेका मधेशी दलहरुले आखिर किन ल्याए यस्तो घोषणा पत्र ? के साच्चै कार्यान्वयन होला त महत्वकांक्षी घोषणा पत्र ?

मधेशमा दलित र महिलामाथि चरम हिंसा भइरहेका बेला मधेशी नेताहरुले अब मधेशमा कुनै पनि प्रकारको हिंसा नहुने दावी गरेका छन् । यतिसम्म की उनीहरुले विभेद गर्नेलाई कडा कारवाही गर्ने घोषणा समेत गरेका छन् ।

मधेशको सबैभन्दा ठूलो दल भनिएको राष्ट्रिय जनता पार्टीले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गर्दै मधेशमा दलित र महिलामाथि हुने हिंसा रोक्न सबै लाग्ने प्रण गरेको छ ।

राजपाको चुनावी घोषणापत्रमा दाइजोविरुद्ध अभियान चलाउने र विना लेनदेन आदर्श विवाद गर्ने जोडीलाई २५ हजार सहायता प्रदान गर्ने उल्लेख गरेको छ ।

राजपाले महिलाविरुद्ध हुने हिंसाप्रति शून्य सहिष्णुताको नीति अपनाइने, एकल तथा वृद्ध महिलाहरुको सामुहिक बसोबासको व्यवस्था गरिने, दाइजो प्रथालाई फौजदारी अपराधको दायरामा ल्याइने लगायतका प्रतिवद्धता जनाएको छ ।

राजपाको घोषणापत्रमा लैंगिक आधारमा भू्रण पहिचान गरी भ्रुण हत्या गराउनेलाई कठोर कानून ल्याइने, महिलाविरुद्ध हुने ज्यादती र हिंसाविरुद्ध आत्मरक्षाका लागि विद्यालयमै मार्शल आर्ट सिकाउने प्रवन्ध गरिने उल्लेख छ ।

राजपाको घोषणा पत्रमा सामाजिक सुरक्षा एवं सुधारका योजनाहरु अघि सारिएको छ । दलित, महिला, मुस्लिम र विपन्न समुदायमाथि राज्यले लोककल्याणकारी कार्यक्रमहरु लैजाने घोषणा पत्रमा उल्लेख छ ।

राजपाले आफ्नो घोषणापत्रमा ‘मुस्लिम समुदायका मुद्दाहरु’ उपशीर्षक अन्तर्गत ‘धर्म निरपेक्षतालाई व्यवहारमा कार्यान्वयन गर्न निरन्तर खबरदारी गर्ने’ भनिएको छ ।

राजपाले पार्टीभित्र वा बाहिर दलित समुदायमाथि छुवाछुतपूर्ण व्यवहार गर्ने नेता कार्यकर्तालाई विभागीय कारवाही गरिने प्रतिवद्धता जनाएको छ । उसले छुवाछूत मुक्त गाउँ, नगर र जिल्ला घोषणा गरिने प्रतिवद्धता जनाएको छ । दलित समुदायलाई निशुल्क स्वास्थ्य र शिक्षा उपलब्ध गराइने राजपाले आश्वासन दिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।