नि:शुल्क प्याप स्मेयर शिबिर सम्पन्न

धनकुटा खबर, भदौ २४ गते । धनकुटाको दिदिबहिनीहरुका निम्ति निशुल्क प्याप स्मेयरका साथै नाक, कान, घाटिको आज द ग्रिनक्याफे एण्ड पाटि प्यालेस सुबिधानगर तीनकुनेमा निशुल्क सिबिर सम्पन्न भएको छ ।

तस्बिर : सिबिरको लागि आवश्यक सामाग्री हस्तान्तरण गर्दै पूर्ब मन्त्रि सुनिल बहादुर थापा

नेपाल अर्वुदरोग निबारण संस्था तथा सुर्यबहादुर थापा प्रतिस्ठान नेपालको संयुक्त आयोजनामा आयोजित धनकुटेली चेली समुहको साझेदारीमा क्यान्सर रोग निरोध गर्ने उद्देश्यले सो सिबिरको आयोजना गरिएको हो ।

नेपाल अर्बुद रोग निबारण केन्द्रको प्राबिधिक सहयोग , नेपाल अर्बुदरोग निर्बारण संस्था धनकुटा शाखाको सहआयोजना, धनकुटेली महिला समुह र ग्रिन क्याफेको सहयोगमा सुर्य बहादुर थापा प्रतिस्ठानको मुख्य प्रायोजनमा सिबिर संन्चालन भएको नेपाल अर्बुद रोग निर्बारण संस्थाका केन्द्रिय अध्यक्ष लोकेन्द्र श्रेष्ठले बताउनु भयो ।

सो कार्याक्रमको प्रमुख अतिथि पुर्ब मन्त्रि सुनिल बहादुर थापाले भत्तपुर क्यान्सर अस्पतालका गाईनो अनक्लोजिष्ट डाक्टर एलिजा श्रेष्ठलाई सिबिर संन्चालनकोलागि आवश्यक सामाग्री हस्तान्तरण गर्दै सिबिरको उद्घाटन गर्ने क्रममा धनकुटामा पनि यस्तै सिबरि संन्चालन गर्ने बताउनु भयो ।

आयोजक संस्थाका तर्फबाट चन्डिका निरौलाले गर्नुभएको थियो । धनकुटेली महिलाहरुको तर्फबाट संगिता पौडेल , निर्मला काफ्ले, जुनु घिमिरे,कुशुम श्रेष्ठ, बेबि घिमिरे,सुस्मा चेम्जुङ्ग, चण्डिका निरौला, गरि ७ जना स्यमसेबकहरुको उपस्थित रहेको थियो ।

उक्त शिबिरमा धनकुटाबासिको परिचय खुल्ने कागजात सहित सयौ नागरिकहरुको उपस्थित रहेको थियो ।

क्यान्सर एक प्राण घातक रोग भन्ने रहेतापनि अबका दिनमा समयमै उपचार गराएमा निको हुने साथै क्यान्सर लाग्नु भन्दापहिल्यै लाग्न नदिने भन्ने उद्देश्यले सो कार्याक्रमको आयोजना गरिएको हो ।

हालसम्मको भक्तपुर क्यान्सर अस्पतालको तथ्याङ्क हेर्दा सबैभन्दा बढि फोक्सोको क्यान्सर हुने गरेको, त्यसपछि टाउको, घाटिको र स्तनको क्यान्सर का बिरामि आउनेहरुमा स्त्रीहरुलाई हुने पाठेघरको क्यान्सर ३ किसिमको रहेको जसमा पाठेघरको क्यान्सर , पाठेघरकोमुखको क्यान्सर र डिम्बासयको क्यान्सर रहेको समेत प्रशिक्षणमा डाक्टरहरुले बताउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।