आफूसँग खिचेको सेल्फीको दुरुपयोग गर्दै दिउँसै रात पार्नेगरी एमालेका युवा नेता पहारीले भ्रम फैलाए भन्दै राजपा नेता सुमनले गरे बबाल
काठमाडौं । प्रदेश नम्बर दुईमा असोज २ गते हुने स्थानीय तहको निर्वाचन जित्न प्रमुख प्रतिपक्षी नेकपा एमालेले भ्रम र झुटको खेती गरिरहेको खुलासा भएको छ । र, एक जना केन्द्रीय नेता रंगेहात समातिएका छन् ।

झुटा वाचा, आश्वासन र पैसा समेत बाँडिरहेको खबर आइरहेका बेला एमालेको भाृत संगठन युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले झुटो बोलेर दिउँसै रात पार्न खाजेपछि बबाल भएको छ ।
प्रसंग हो शनिबारको । काठमाडौंबाट बारा जान लागेका युवा संघका अध्यक्ष राजीव पहारीको भेट राजपाका नेता मनीष सूमनसँग त्रिभुवन विमानस्थलमा भयो । राजीवकै आग्रहमा मनीषले उनसँग सेल्फी समेत खिचाए । उक्त सेल्फीलाई राजीवले यसरी दुरुपयोग गरे की मनीष समूनले मधेसमा एमालेको जित सुनिश्चित रहेको भनेर स्वीकारेको भनी सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरे ।
त्यतिमात्रै होइन् वीरगन्ज लगायतका महत्वपूर्ण नगर र गाउँपालिकामा एमाले विजयी हुने र एमालेले २ नम्बर प्रदेशमा पहिलो पार्टी बन्ने कुरा खुलस्त स्विकार गरेको कुरा पनि फेसबुकमा लेखे । साथै एमालेको सहि नीति र नेतृत्वको कारणले एमालेप्रतिको बिश्वास अन्य पार्टीमा पनि बढ्दै गएको कुरा पनि मनीषले भनेको उल्लेख गर्दै उनले फेसबुकमा थप लेखे, मनिषजी लाई पनि एमालेमा छिटै स्वागत गर्न पाइयो ।

आफूसँग खिचेको सेल्फीको दुरुपयोग गर्दै दिउँसै रात पार्नेगरी, भ्रम फैलाउनेगरी एमालेका युवा नेता राजीव पहारीले झुटो कुरा लेखेपछि मनीष सूमनले पनि फेसबुकबाटै प्रतिवाद गरे । उनले भ्रम फैलाउने काम नगर्न चेतावनी दिँदै मधेसीलाई आमाचाक्री गाली गर्ने, आँप, विहारी भनेर होच्याउने मधेसी विरोधी एमालेलाई लोप्पा खुवाउने भनेर जवाफ दिएका छन् ।
उनले चेतावनी दिँदै लेखेका छन्, सेल्फÞी खिचाउने रहर बोकेका राजिव जी लाई हेक्का होस, मधेशी नेतालाई आमा,चकारी गाली बक्ने वामदेव गौतमको एमाले, हठका कारण सप्तरी मलेठ मा ५ जना को हत्या गराउने एमाले, मधेशीलाई कालो, लटरम्म आंपबाट झरेका दुई,चार आंप, धोतीजस्ता असभ्य अमर्यादित टिप्पणी गर्ने एमालेले अब मघेसमा लोप्पा मात्र पाउनेछ । भेटघाटमा हुंदै नभएको गफलाई मनोगत रूपले फÞेसबुकमा प्रÞयोग नगरौं मित्र । मनिष सुमन मघेशवादी थियो, छ र रहनेछ । मघेश विरोधी एमालेले स्वागतको तयारी नगरोस् ।
उसो त भ्रमको खेती गर्ने, झुटा आश्वासन बाडेर चुनाव जित्ने एमालेको पूरानो परिपाटी नै हो । र, अहिले उसका केन्द्रीय नेता भ्रम फैलाउने क्रममा रंगेहात समातिए ।


