एक घर, एक रोजगार लगायत ११ बुदे संकल्प सहितको घोषणा पत्र सार्वजनिक
वीरगंज, २५ भदौ । राष्ट्रिय जनता पार्टी नेपालले वीरगंज महानगरको स्थानीय चुनावका लागि एक परिवार, एक युवा रोजगार लगायतका परिकल्पनासहित घोषणा पत्र सार्वजनिक गरेको छ ।

आज विरगञ्जमा घोषणा पत्र सार्वजनिक गर्दै पार्टीका महासचिव एवंं वीरगंज महानगरपालिकाका मेयरका उम्मेद्वार राजेशमान सिंहले एक घर एक रोजगार नीति आफुहरुले लिएको बताए ।
यस्तै घोषणा पत्रमा महानगरमा जन्मने हरेक बालीकाको सुरक्षित भविष्यका लागि बैँक खाता सन्चालन गरेर महानगरले फिक्स डिपोजित रकम राख्ने व्यवस्था गरिने बुँदा राखिएको छ ।
लामखुट्ट् पीडित महानगरवासिलाई एक महिना भित्रै लामखुट्टेबाट मुक्ति दिलाईने जस्ता कुराहरु पनि घोषणा पत्रमा समावेश गरिएको छ ।
घोषणा पत्रले स्वास्थ्य, शिक्षा, खेलकुदलाई विशेष प्राथमिकतामा राखेको छ । वीरगंज सडकको स्तरोन्नती गरि हरेक वडाका सडक २ लेनको पक्कि बनाउने जस्ता योजनाहरु उल्लेख छ ।


