विराटनगर पुगेर सुजाता कोइरालाले लगाइन प्रधानमन्त्री देउवामाथि गम्भिर आरोप !

मोरङ । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई सही नेतृत्व दिन नसकेको आरोप लगाएकी छन् । आइतबार विराटनगरमा पत्रकारहरुसँग प्रतिक्रिया दिँदै उनले सो प्रतिक्रिया दिएकी हुन् ।

नेतृ कोइरालाले पार्टीलाई गुटगत राजनीतिबाट माथि उठाउन कोइराला परिवार एक ठाउँमा उभिनुको विकल्प नभएको बताइन् ।
उनले भनिन्,नेपाली कांग्रेसलाई बलियो बनाउन राजनीतिमा रहेका कोइराला परिवारका डा. शेखर,शशांक र सुजाताको एक हुन आवश्यक छ । यो एकता कसैविरुद्ध नभई कांग्रेसलाई नै बलियो बनाउने उद्धेश्यका साथ भएको हो ।

नेत्री कोइरालाले २ नम्बर प्रदेशको आसन्न स्थानीय तह निर्वाचनमा देउवा पक्षले टिकट वितरणमा एकलौटी गरेको आरोप पनि लगाइन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।