नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दिए प्रधानमन्त्री देउवालाई कडा चेतावनी !

सिन्धुपाल्चोक, २५ भदौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवालाई स्वेच्छाचारी प्रवृत्ति त्याग्न सुझाव दिएका छन् । यदि नसच्चिए सशक्त प्रतिवाद गर्ने उनले चेतावनी समेत दिए ।

बीपी स्मृति दिवसको अवसरमा आइतबार सिन्धुपाल्चोक कांग्रेसको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टी नेतृत्व विधान भन्दापनि ब्यक्तिवादी सोचले चल्ने गरेको आरोप लगाए ।

आफूले पार्टी सुदृढीकरणका लागि प्रयास जारी राखेको भन्दै सिंहले भने, ‘पार्टी सभापति जे जसरी चलिरहनु भएको छ, यदि नसच्चिए कसैको ब्यक्तिगत स्वार्थसिद्ध गर्ने नाउँमा पार्टी कमजोर भएको हेरेर बस्न सक्दैनौं । यसको सशक्त प्रतिवाद गर्छौं ।’

पार्टी एक भएर राष्ट्रिय मुद्दाहरु लिएर जनतामा जानुपर्ने बेलामा बिपक्षीहरुले कांग्रेसलाई अर्थहिन आरोप लगाउँदा समेत खण्डन समेत गर्न नसकेको भन्दै नेतृत्वको आलोचना गरे ।

केन्द्रीय नेतृत्व नै बिधिसम्मत तरिकाले नचल्दा जिल्ला, क्षेत्र, नगर र गाउँमा त्यसको नकारात्मक असर परेको उनले बताए । आफूहरु स्थानीय तहका नेता कार्यकर्ताहरुलाई निर्देशन दिँदै उनले भने, ‘हामीहरु केन्द्रीय राजनीति सुधार्न लागेका छौं । तपाईं स्थानीय तहका नेताहरुले पनि विधि विधान र अनुशासित भएर पार्टी संगठनलाई सुधार्नुस् ।’

कांग्रेसलाई बिधिसम्मत चलाउन सकेमात्र वीपी कोइरालाप्रति सच्चा श्रद्धाञ्जली हुने भन्दै उनले कुरा गर्ने नभइ व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए ।

उनले चुनाव नजिकिएकाले सबै मतभेद भुलेर कांग्रेसलाई जिताउने अभियानमा लाग्न निर्देशनसमेत दिए ।

कार्यक्रममा जिल्ला सभापति बिकास लामा र पूर्व जिल्ला सभापतिहरुले अब कांग्रेसका उम्मेदवारलाई जिताउन आफूहरु एक भएर लाग्ने प्रतिवद्धता जनाएका थिए ।

सिन्धुपाल्चोक कांग्रेसको भवन निर्माणका लागि कांग्रेस पूर्व जिल्ला सभापति स्वर्गीय रोहिणिराज सिग्देलले १३ आना जग्गा प्रदान गरेका छन् । करिब १ करोड ३७ लाख रुपैयाँ लागत अनुमान गरिएको सो भवन आगामी एक वर्षभित्र बनाइसक्ने लक्ष्य रहेको जिल्ला सभापति बिकास लामाले जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖