सार्वजनिक भयो संसदीय चुनावको कार्यतालिका, भाइटीकाको भोलिपल्ट उम्मेदवारी दर्ता

समानुपातिकको बन्द सूची असोज २९ मै पेश गर्नु पर्ने

काठमाडौं, २६ भदौ । पहिलो चरणको संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता भाइटीकाको भोलिपल्ट हुने भएको छ ।

निर्वाचन आयोगको सोमबार बसेको बैठकले संसदीय चुनावको कार्यतालिका तय गरेको हो, जस अनुसार मंसिर १० गते पहिलो चरणको चुनावका लागि कात्तिक ५ गते उम्मेदवारी दर्ता गर्नु पर्नेछ । यस वर्ष भाइटीका कात्तिक ४ गते परेको छ । अर्थात भाइटीकाको भोलिपल्ट उम्मेदवारी दर्ता हुनेछ ।

यस्तै २१ गते हुने दोस्रो चरणको चुनावका लागि उम्मेदवारी दर्ता कात्तिक १६ गते तोकिएको छ ।

सरकारले संघीय संसद (प्रतिनिधिसभा) र प्रदेशसभाको चुनाव एकै पटक गर्ने निर्णय गरेको छ । तर, देशभर एकै चरणमा नभई मंसिर १० र २१ गते गरी दुई चरणमा मतदान हुनेछ ।

समानुपातिकको सूची असोज अन्तिममा

राजनीतिक दलहरुले समानुपातिक उम्मेदवारको बन्दसूची भने असोज २९ गते पेश नै गर्नु पर्नेछ । (हेर्नुहोस् तालिका)

सरकारले प्रत्यक्षतर्फ उम्मेदवारी लिएपछि मात्र समानुपातिको बन्दसूची पेश गर्ने गरी कार्यतालिका बनाउन आग्रह गरेको थियो । तर, आयोगले पूर्वतयारी अनुसार समानुपातिकको उम्मेदवारको बन्दसूची पेश गरेपछि मात्र प्रत्यक्षको उम्मेदवारी दर्ता राखेको छ ।

कार्यतालिका अनुसार समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने दलहरुले भोलिसम्म आयोगमा निवेदन दिनु पर्नेछ । अन्य प्रक्रिया पूरा गरेर ३० गते चुनाव चिन्ह दिइनेछ ।

असोज २९ गते समानुपातिक उम्मेदवारको बन्दसूची पेश गर्नु पर्नेछ । दाबीविरोध फिर्ता लगायतका प्रक्रिया पूरा गरेर उम्मेदवारहरुको अन्तिम सूची भने मंसिर ३ गते मात्र प्रकाशित गरिनेछ ।

चुनावमय तिहार र छठ

यस्तै प्रत्यक्षतर्फ मंसिर १० र २१ गते निर्वाचन हुने क्षेत्रहरुका लागि फरक-फरक कार्यतालिका बनाइएको छ । यस अनुसार यो वर्षको तिहार र छठ चुनावमय हुने भएका छन् ।

निर्वाचन आयोगका अनुसार पहिलो चरणको चुनावका लागि प्रत्यक्षको उमेदवारी दर्ता कात्तिक ५ गते विहान १० देखि साँझ ५ बजेसम्म हुनेछ । यो भाइटीकाको भोलिपल्ट हो । फिर्ता लगायतका प्रक्रिया पूरा गरेर ८ गते अन्तिम नामावली प्रकाशन गर्नुका साथै चुनाव चिन्ह प्रदान गरिनेछ ।

२१ गते हुने दोस्रो चरणको चुनावको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता कात्तिक १६ गते राखिएको छ । उजुरी, दावी विरोध लगायतका प्रक्रिया पूरा गरेर १९ गते चुनाव चिन्ह दिइनेछ ।

हेर्नुस् पहिलो र दोस्रो चरणमा हुने प्रत्यक्ष तर्फको निर्वाचन कार्यतालिका

– अनलाईन खबरबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।