मुटुको व्यथाले कसलाई च्याप्छ र कसलाई च्याप्दैन भन्ने कुरा अब पहिल्यै थाहा पाउन सकिने

कसलाई मुटुको व्यथाले च्याप्छ र कसलाई च्याप्दैन भन्ने कुरा अब पहिल्यै थाहा पाउन सकिने वैज्ञानिकहरुले पत्ता लगाएका छन् । अक्सफोर्ड युनिभर्सिटीको शोध टोलीले यस खोजले संसारभरि सबैभन्दा ठूलो मृत्युको कारक बनेको मुटुको व्यथा उपचार गर्न निकै सहयोग पुग्ने बताएको छ ।

मुटुको व्यथा हुनुको प्रमुख कारणमध्ये एउटा मुटुबाट रगत आउने–जाने धमनी वरिपरि बोसो जमेको र धमनी सुन्निएको पत्ता लगाउन यसले सहज हुनेछ । समयअगावै यस किसिमका कुरा पत्ता लागेमा मुटुको व्यथा उपचार गर्न सहज हुनेछ ।

शोध टोलीले हृदय रोगमा सुन्निएका धमनीजस्ता कुराहरुमा अध्ययन गरिरहेका बेला त्यसले उच्च खतरायुक्त रोगीलाई स्ट्रोक अथवा हर्ट अट्याकबाट बचाउन इन्टेन्सिभ ट्रिटमेन्ट गर्न सहयोगी साबित हुने देखिएको हो ।

शरीरभित्र सुन्निनुको ठूलो कारण रगत बग्ने नसाहरुमा कैयौँ ससाना टुक्राहरु जम्मा हुनु हो । यस्ता टुक्राले कोरोनरी धमनीलाई थुनिदिन्छ र यसले मुटुसम्म रगतमार्फत अक्सिजन पुग्न पाउँदैन । यही कारण हर्ट अट्याक हुन्छ ।

शोध टोलीका प्राध्यापक चारालम्बोस एन्टोनियाडेस भन्छन्, ‘कोरोनरी धमनीमा सुन्निएको कुरा पत्ता लगाउनु नै गएका ५० वर्षमा एउटा ठूलो चुनौती बन्न पुगेको थियो ।’

कसरी पत्ता लाग्ला त ?

साइन्स ट्रान्सलेसन मेडिसिनमा छापिएको यस अध्ययनले भन्छ, रगतका नशाबाहिर भएको फ्याट अर्थात बोसोका आधारमा सुन्निने क्रम घट्ने या बढ्ने हुन्छ । सुन्निदा फ्याट टुक्रन थाल्छ र वरपरका टिस्युमा चिस्यान बढ्न थाल्छ ।

यसअघि सिटी स्क्यान गर्दा यस किसिमको परीक्षणमा मुटुमा समस्या हुन सक्ने सम्भावना देखिन्थ्यो । जुन टिस्यु जति बढी रातो हुन्छ, सुन्निएको स्तर पनि उति नै बढी हुन्छ । जति सुन्निन्छ, उति नै मुटुको रोगको खतरा बढ्छ ।

कार्डियाक सर्जरी गर्दा पनि ती कुरा हेर्न सकिने र परिवर्तनलाई पत्ता लगाउन सकिन्छ ।

करिब २ हजारभन्दा बढी मुटुको जाँचपछि स्वस्थ देखिने मानिसमा पनि मुटुको व्यथाको सम्भावना कति छ भन्ने पत्ता लगाउन सहज भएको र सुन्निएको कुरा हेर्नेबित्तिकै यो मानिस मुटुको रोगी हुने सम्भावना कत्तिको छ भन्ने थाहा पाउन सहज भएको अध्ययनमा बताइएको छ ।

समयअगावै सावधानी

प्राध्यापक एन्टोनियाडेस भन्छन्, ‘ यस प्रविधिबाट भविष्यमा हर्ट अट्याक हुन्छ कि हुँदैन भन्ने पत्ता लगाउन सकिनेछ ।’ समय छँदै यसले तपाईंलाई सचेत गराउँछ र कसरी बाँच्न सकिएला सचेत हुन सघाउ पुर्याउँछ ।

उदाहरणका लागि, कुनै व्यक्ति स्वस्थ देखिन्छ भने हृदय रोगको सुरुवाती तहमा छ र उसले कोलेस्ट्रोल घटाउनुपर्ने अवस्था छ भने यसलाई पहिले नै थाहा पाउन सकिन्छ ।

प्राध्यापक मेटिन एवकिरान भन्छन्, ‘यो प्रविधिले साँच्चिकै काम गर्न सक्यो भने आउँदा दिनमा हर्ट अट्याक र स्ट्रोकजस्ता समस्या समयछँदै रोक्न सकिन्छ ।’ – नागरिक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।