प्रदेश नं २ मा एमाले पहिलो पार्टी हुन्छ : महासचिव पोख्रेल
बसरुदिन अन्सारीलाई बदनाम गर्न विदेशी एजेन्सी लागे...
पर्सा , २७ भदौ । नेकपा (एमाले)का महासचिव ईश्वर पोख्रेलले प्रदेश नं २ मा एमाले पहिलो पार्टी हुने दावी गरेका छन् । वीरगंज महानगरको लागि प्रतिवद्धतापत्र सार्वजनिक गर्नका लागि आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दावी गरेका हुन् ।

एमाले सबै जात जाति, भाषा भाषीकोे पार्टी हुनु नैे चुनावमा जित्ने आधार भएको उनले बताए । एमालेलाई मधेश विरोधी देखाउने चेष्टा भएको भन्दै तराईको विकासमा सदैव अग्रसर पार्टी मधेश बिरोधी हुन नसक्ने बताए ।
वीरगंज महानगरका मेयर उम्मेदवार बसरुदिन अन्सारीलाई बदनाम गर्न विदेशी एजेन्सी लागेको उनले दावी गरे ।
हिजोका दिनसम्म केही नभएको मान्छे एमालेबाट मेयरको उम्मेदवार बनेपछि विभिन्न आरोप लगाउनुको पछाडि एमाले विरोधी तत्वको हात रहेको भन्दै त्यसको प्रतिवाद गर्न तयार रहन कार्यक्रतालाई आह्वान गरे । कार्यक्रममा मेयरका उम्मेदवार बसरुदिन अन्सारीले आफना प्रतिवद्धता ब्यक्त गरेका थिए ।


