अन्तरघात गर्नेलाई काँग्रेसको स्पष्टीकरण

काठमाडौँ, २७ भदौ । नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै विभिन्न नेता, कार्यकर्तामाथि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

समितिका संयोजक रमेश रिजालको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय, विपी स्मृति भवनमा बसेको बैठकले सो निर्णय गरेको हो ।

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध असहयोग र अन्तर्घात गरेको भनी पार्टी केन्द्रीय कार्यालयमा प्राप्त उजुरीमा आरोपित व्यक्तिसंगस्पष्टीकरण माग गर्ने निर्णय गरिएको सो पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

स्पष्टीकरण सोधिएकामा सांसद् मीठु मल्ल, जगदीश्वर नरसिंह केसी, ललितजंग शाहीलगायत हुनुहुन्छ । काँग्रेसको नुवाकोटका सभापति समेत रहनुभएका सांसद् केसीले एक÷दुई जनाले षड्यन्त्रपूर्वक उजुरी दिएका भरमा अनुशासन समितिले त्यस्तो निर्णय गरेको दाबी गर्दै आफूले कुनै अन्तरघात गरेको पुष्टि भए पार्टीबाट राजीनामा दिने जनाउनुभयो ।

बैठकले पहिलो र दोस्रो चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेका प्रदेश नं. १, ३, ४, ५, ६ र ७ (२ नं. प्रदेश बाहेक) मा पार्टीका कुनै सदस्यले पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध असहयोग र अन्तर्घात गरेको सम्बन्धमा केन्द्रीय कार्यालयमा उजुरी दिन आगामी असोज १० गतेसम्मको समय तोक्ने निर्णय गरेको छ ।

काँग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि २०७० लाई आवश्यक संशोधन सहितपारित भएको छ । समितिको सचिवमा काँग्रेस केन्द्रीय कार्यालयका सचिव अधिवक्ता केशव रिजाललाई नियुक्त गरिएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।