यस्तो छ मोटरसाइकलको लाइसेन्स ट्रायल पास गर्न तरिका ! (भिडियो सहित)
काठमाडौं । अहिलेको व्यस्त जिवनमा सवारी साधन अभिन्न अंगजस्तै भएको छ । छरितो र सजिलो सवारीका लागि सबैको रोजाइमा पर्ने गरेको छ आकर्षक बाइक अथवा मोटरसाइकल । आजका हरेक ‘टिनएजर’ को मोटरसाइकल ‘क्रेज’ बढ्दो छ ।
मोटरसाइकल लाइसेन्स लिनका लागि हरेक दिन ठूलो लाइन देख्न सकिन्छ, त्यसले पनि मोटरसाइकलप्रतिको आकर्षणलार्इ पुष्टि गर्दछ । मोटरसाइकलको लाइसेन्सका लागि हुने ट्रायल आफैंमा एक कठिन परीक्षा हो । यसमा धेरै फेल हुन्छन् भने थोरै पास हुन्छन् । मोटरसाइकल कुदाउन जानेर मात्रै हुँदैन् यसका लागि साहस, संयम र पर्याप्त होसियारी र प्राविधिक ज्ञान चाहिन्छ ।
ट्रायल पास गर्नका लागि चाहिने न्यूनतम तरिका के के हुन्, कसरी ट्रायल पास गर्न सकिन्छ, त्यसका कित स्टेपहरु छन्, कुन कुन टेक्निकले सजिलै ट्रायल पास गरेर हातमा लाइसेन्स आउँछ भन्ने हरेक सिकारुको चाहना हुन्छ । नेपाल ताराले यो भिडियो रिपोर्टले मोटरसाइकल लाइसेन्स परिक्षा पास गर्नका लागि सहयोगी हुने अपेक्षा गरिएको छ । ट्रायल पास गर्ने तरिका – हेर्नुहोस् भिडियो


