मधेश मात्र हैन छिमेकी भारतमा पनि बढ्यो चुनावको रनक, एमालेलाई हराउन भारतका होटलमै अभियान !

माओवादी केन्द्रका जिल्ला सेक्रेटरीले नै भने,- एमालेबाहेक अरुलाई भोट दिए हाम्रो मत राष्ट्रघातीको लाईसेन्स बन्छ

काठमाण्डौँ, २८ भाद्र । अहिले मधेश चुनावी महोलले तातेको छ । मधेश मात्र हैन छिमेकी भारतमा पनि याे चुनावकाे रनक वढेकाे छ । राष्ट्रवादी छवि, जनताकेा विचमा लाेक प्रीय वनेकाे पार्टी एमालेलाई जसरी पनि हराउनु पर्दछ भन्दै भारतका हाेटेल र सभाहलहरु केपी अाेली र उसकाे पार्टीलाई हराउनु पर्दछ भन्दै विभिन्न अभियानहरु संचालन गर्ने थलाे वनेका छन् भन्छन् युवा संघ नेपालका सचिव माधव वास्ताेला ।

एमाले वाहेकका सवै पार्टीलाई एक वनाई एमाले हराउने याेजना छ तर याे सम्भव छैन भन्छन् गाेल वजार नगरपालिका वडा नं ३ वस्ने माअाेवादी क्रान्तिकारीका जिल्ला सेक्रेटरी दिपेश माेक्तान । उनी थप्छन् वडा नं ३ मा २६ सय मतदातामा १६ सय भन्दा वढी मत एमालेकाे पक्षमा खस्छ संविधानसभाकाे निर्वाचनमा यहि वडावाट वहुमत भाेट प्रचण्डलाई दिएका थियाैं । हाम्राे मत राष्ट्रघातीकाे लाईसेन्स वन्याे एमालेका नेता लिलानाथ श्रेष्ठलाई हराएर गल्ती गर्याै पार्टी फरक भए पनि यश पटककाे मत एमालेलाई दिने छाै भन्छन् माेक्तान ।

१३ वटा वडा रहेकाे यस नगरपालिकामा २७ हजार मतदाता छन् । जस्समा २० हजारकाे संख्यामा मत खस्ने र त्यस मध्ये एमालेकाे पक्षमा १३ हजार भन्दा वढी मत खस्ने अनुमान गर्छन् मेयरका उमेदवार श्याम श्रेष्ठ ।

अधिकांश मतदाताकाे घर दैलेामा गई मत मागेकाे र घर दैलाेमा जनताकाे उत्साह पुर्ण सहभागी रहेकाे छ । असाेज २ गते भारीमत सुर्यमा खस्ने पक्का जस्तै वनेकाे छ भन्छन्, संघकाे तर्फवाट सिरहाका उत्प्रेरक सचिव माधव वास्ताेला ।

उनी थप्छन् नेपालमा अतिवादीहरुकाे विघटन शाश्वत वन्दै अाएकाे छ, जुन जनताबाट नै सम्भव भयाे । यश पटककाे निर्वाचनमा पनि अाफुलाई मधेशकाे ठेकेदार हाै भन्ने अतिवादीहरु समाप्तिको दिशामा छन् । जित राष्ट्रवादी एमालेकाे हुँदै छ । राजतन्त्र, माअाेवादी अतिवाद यसकाे उदाहरण हाे ।

के माअाेवादी, के कांग्रेस, के मधेश केन्द्रीत पार्टीका कार्यकर्ता सवै पार्टी नछाड्ने तर भाेट एमालेलाई दिदै छन्, भन्छन् राजपाका कार्यकर्ता राम नरेश सिंह ।

सिराहामा १७ वटा तहमा वहुमत एमालेले जित्दै छ । सिरहा उपमहानगरपालिका, गाेल नगरपालिका वजार, कल्याणपुर नगरपालिका, मिर्चैया नगरपालिका लगायतका सवै ठाउहरु दुलहीझैँ सिगारिएकाे छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।