तराईमा भड्किलो प्रचार, कांग्रेससँगै एमाले र माओवादीको पनि रुख !

हरिवन/सर्लाही, २९ भदौ । तेस्रो चरणको निर्वाचनको मिति आउन केही दिन मात्र बाँकी रहदाँ दुई नम्बर प्रदेशमा चुनावी सरगर्मी निकै तातेको छ । तराईको मौसम तातो त छदै छ, यसलाई चुनावी चहलपहलले थप तताएको छ ।

निर्वाचन आयोगले भड्किलो प्रचार प्रचार गर्नेलाई कारबाही गर्ने बताएपनि तराईको चुनावी प्रचार प्रसार निकै भड्किलो भएको स्वयं उम्मेदवारहरु नै स्वीकार गर्छन् ।

उम्मेदवारहरु आफ्नो जीतलाई सुनिश्चित पार्नका लागि मतदाताता फकाउने कार्यमा व्यस्त छन् । उता मतदाता पनि आफूले चाहेको मान्छेलाई मत हाल्नका लागि उनीहरुका योजना सुन्न मै व्यस्त छन् ।

भड्किलो प्रचार

दुई नम्बबर प्रदेश अन्तर्गत १३७ स्थानीय तहमा हुने चुनावका लागि तराई सिगारिएको छ । चोक चोकमा दलहरु र उम्मेदवारका पोस्टर र झण्डाहरु देख्न सकिन्छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत विभिन्न स्थानमा दलहरुले स्वागत गेटहरु बनाएका छन् । भने रुखमा विभिन्न दलहरुका झण्डा फरफराइरहेको देख्न सकिन्छ । सर्लाही जिल्लाको बागमती नगरपालिका वडा नम्बर ४ नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार बुद्धि बानिया प्रचार प्रचार र अन्य कारणले चुनाव महंगो पर्ने बताए । बानियाका अनुसार १०० झण्डा छाप्न तीन हजार लाग्छ ।

कांग्रेससहित एमाले, माओवादीको पनि रुख !

राजमार्ग आसपास दलहरुले बासमा झण्डा राख्ने होडबाजी गरेका छन् । दलहरुले एउटै रुखमा वा बासमा ५० भन्दा बढी भण्डाहरु राखेका छन् जसका कारण राजमार्ग र चोक बजार क्षेत्रहरु झण्डा मय भएको देख्न पाइनछ । नेपाली कांग्रेसको चुनाव चिह्न रुख मा अन्य दलले पनि झण्डा राखेपछि रुख सवैको भएको भन्दै चिया पसल , पानपसलहरुमा चर्चा हुने गरेको छ । लोकान्तरबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।