२ नम्बर प्रदेशमा फिल्मी शैलिमा चुनाव प्रचार

विरगञ्ज, २९ भदौ । स्थानीय तह निर्वाचनका क्रममा विरगञ्जमा रातिराति समेत निर्वाचन प्रचार हुने गरेको छ । प्रमुख दलका उम्मेदबारहरुले दिउसो जस्तै राति पनि चुनाव प्रचार र मत माग्ने क्रमलाई निरन्तरता दिइरहेका छन् ।

निर्वाचनका क्रममा केन्द्रियस्तरका नेताहरु ल्याएर चोकचोकमा सभा गर्ने क्रम समेत बढेको छ । मंगलबार बेलुकी नेपाली काँग्रेसका नेता डाक्टर रामशरण महत वीरगन्ज महानगरपालिका चारस्थित गणेशमान चोकमा आयोजित चुनावी सभालाई सम्वोधन गरिरहेको अवस्थामा भेटिए ।

राष्ट्रिय जनता पार्टीले पनि २०७२ को मधेस आन्दोलनको भिडियो तथा तस्विर प्रोजेक्टर मार्फत प्रदर्शन गरेर मत मागिरहेको छ ।

राजपाले राति राति चोक चोकमा मधेश आन्दोलनको बेलाको झडप, घाइते तथा मृतकहरुको श्रब्यदृश्य समेटि तयार पारिएका बृतचित्र देखाएर मत मागिरहेको छ ।

राजपाका कार्यकर्ताहरु पनि घरदैलो र प्रचारप्रसारका कामलाई राति पनि निरन्ततरा दिदै आएका छन् । नेकपा एमाले, संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम लगायतका दलका नेताले पनि विहानदेखी बेलुकीसम्म निर्वाचन प्रचार गरिरहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।