प्रचण्ड भन्छन,- एमाले र राप्रपाका कारण मधेशी जनताका अधिकार स्थापित गर्न सकिएन

धनुषा, २९ भदौ । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष प्रचण्डले फेरी संबिधान संशोधन प्रस्ताव केन्द्रीय व्यवस्थापिका सदनमा ल्याइने बताउका छन् ।

धनुषाको सहीद नगरपालिका यदुकुहामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले एमाले र राप्रपाका कारण मधेशी जनताका अधिकार स्थापित गर्न नसकिएको टिप्पणी गरे ।

“मैले मधेशी जनताका जायज माग पुरा गर्न निकै कोशिस गरें । मतदानमा संशोधन प्रस्ताव लगियो तर पुराना राजा महाराजावादी र परिवर्तन नचाहने पार्टीहरूका कारण पारित गर्न सकिएन ।” प्रचण्डले भने, “अब प्रदेश र केन्द्रमा परिवर्तनकारी शक्तिहरूको बहुमत भएको बेला फेरी प्रस्ताव ल्याएर मधेशी जनताको अधिकारको ग्यारेंटी गरिनेछ ।”

संबिधान संशोधन प्रस्ताव पारित नभएपनि सबै दललाई निर्वाचनसम्म ल्याई पुरयाउन सफल भएको बताऊँदै प्रचण्डले भने, “संशोधन प्रस्ताव पारित हुन सकेन तर यो संबिधान केही होइन भन्ने होइन, सामाजिक न्याय, समावेशिता, गणतन्त्र, धर्म निरपेक्षता जस्ता कुरालाइ यसले संस्थागत गरेको छ । अब प्राप्त उपलब्धिको रक्षा गरेर बाँकी मुद्दालाई संशोधनमार्फ़त हल गरेर यसको सर्वस्वीकार्यता बनाउन हाम्रो कोशिस हुनेछ ।”

अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचन चानचुने उपलब्धि नभएको बताए । यो पंचायती चुनाव ज़स्तो या गाविस अध्यक्ष चुने ज़स्तो नभइ स्थानीय सरकारको चुनाव भएकोले यसको महत्व बुझन उनले अपील गरे ।

“तपाईहरूले गाऊँको, आफ्नो क्षेत्रको प्रधानमन्त्री चुन्ने अवसर पाउनु भएको छ । यो २० वर्षपछिको पहिलोपटक हुन गईरहेको र गुणात्मक रूपले फ़रक़ ऐतिहासिक चुनाव हो ।”प्रचण्डले भने, “हिजो हामीले जनसत्ता र जनसरकार संचालन गरेका थियौ तर त्यसले वैधानिकता पाएको थिएन । स्थानीय तहको निर्वाचनबाट बन्ने अहिलेको सरकार पनि त्याहि जनसरकार हो, बैधानिक र सबैले मान्यता दिएको स्थानीय सरकार ।”

आम जनताले यो स्थानीय तहको महत्व बुझन नसके ग़लत तत्वहरूको हातमा स्थानीय सत्ता पुग्ने ख़तरातर्फ इंगित गर्दै प्रचण्डले परिवर्तनकारी पार्टीलाई मत दिन अपील गरे । “यो अधिकार माओवादीका कारण मात्र सम्भव भएको हो । यो कुरा आम जनताले बुझनु ज़रूरी छ । फेरी हाम्रा अधिकार बिरोधी रहेकाहरुलाई मत दीयौ भने त्यों आत्मघाती क़दम हुनेछ ।” प्रचण्डले भने ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।