सप्तरीमा एमाले माथि फेरि हमला, को-को कुटिए ?

काठमाडौँ, २९ भदौ । सप्तरीमा नेकपा एमालेमाथि फेरि आक्रमण भएको छ । नेकपा एमाले स्थायी समिति सदस्य एवं प्रदेश नम्बर दुईका संयोजक सत्यनारायण मण्डलमाथि हुलहुज्जत र आक्रमणको प्रयास गरिए पनि उनी सुरक्षित छन् ।

निर्वाचन अभियानका क्रममा सप्तरी पुगेका मण्डलको गाडीलाई सप्तकोशी नगरपालिकाको वडा नम्बर ११ रोकी हुलहुज्जत र तोडफोड गर्ने कोशिस भएको थियो । वडा नम्बर ११ कै वडा सदस्यका उम्मेदवार भोलानाथ लेखीका छोरा एकनाथ लेखीलाई भने घाइते हुने गरी कुटपिट गरिएको एमालेले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, सप्तकोशी नगरपालिका वडा नं. ४ मा एमालेकै महिला सदस्य उम्मेदवार कुमारीदेवी सदालाई बुधबार राती साँढे ८ बजे कुटपिट भएको एमालेले जनाएको छ । ‘कुटपिटमा संलग्न रोशन लेखी, नसिव लेखी र कौशल लेखीलाई राती नै प्रहरीले पक्राउ गरेको भए पनि छोड्नका निम्ति दबाब दिइरहेको बुझिन आएको छ ।’, एमाले केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापाबाट जारी विज्ञप्तिमा भनिएको छ – ‘हाम्रो पार्टी उम्मेदवार माथि कुटपिटमा उत्रने अपराधीहरुमाथि कडा कारवाही गर्न माग गर्दछ ।’

केही दिन यता सप्तरीमा फेरि तनाव बढेको छ । फत्तेपुर बजारमा बिहीबार बिहान राखिएको टाइम बम नेपाली सेनाको डिस्पोजल टोलीले नष्ट गरेको थियो । ‘यस्ता आतंकपूर्ण हर्कतहरु नगरी निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्ने जिम्मेवारी बहन गर्न मूलतः सत्ताधारीहरुको जोडदार ध्यानाकर्षण गराइन्छ ।’- एमाले प्रचार विभाग उपप्रमुख थापाबाट जारी विज्ञप्तिमा भनिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।